May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

अपाङ्ग वालिकामाथि जवर्जस्ती गर्ने पक्राउ

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:३९
अपाङ्ग वालिकामाथि जवर्जस्ती गर्ने पक्राउ

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका बस्ने एक अपाङ्गता भएका वालिकामाथि जवर्जस्ती भएको छ । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई तिलागुफा नगरपालिका –१ रानावाडाका ७० वर्षीय खाम्मा रानाले जवर्जस्ती गरेको परिवारका सदस्यको आरोप छ । जवर्जस्ती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

वालिकामाथि जवर्जस्ती गर्ने रानालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले अपाङ्गता भएकी बालिकामाथि गरिएको जवर्जस्ती घटनाको जाहेरी आएको र मुद्दा दर्ताको प्रक्रियामा रहेको बताउनुभयो ।

बालिकाको पेटमा दुई महिनाको गर्भ रहेको आशंका गरिएको उहाँको भनाइ छ । बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भएको बुझिएको छ । बालिकाको बुवा नमानेपछि घटना बाहिर आएको उहाँको भनाइ छ ।

अधिकारक्रर्मीमाथि आक्रमण

बालिका बलात्कारको घटना मिलाउन नदिएको आरोप लगाउँदै स्थानीय अधिकारकर्मी माथि आक्रमण भएको छ । बलात्कार आरोपित रानाका भतिजा जयलाल रानाले अधिकारकर्मी माथि कुटपिट गरेको खुलेको छ । रानाले आफ्नो जेठा बुवालाई जेल हाल्न घटना सार्वजनिक गरेको भन्दै तिलागुफा नगरपालिका ९ का अधिकारकर्मी विक्रम शाही, सरिता शाही र दुर्गवहादुर शाहीलाई रानाले कुटपिट गरेको पीडितको आरोप छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।