धनगढी । कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । तीन महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन । कैलारी गाउँपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई आएका विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको जनाइएको छ । नियमित मासिक रूपमा पाउनु पर्ने […]
विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् । नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथमा अवैध सुनका गरगहना रहेको सुचनाका आधारमा प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो । […]
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजारमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नगरपालिकाले तम्घास बजारको उदिनढुंगा क्षेत्रबाट सडक मिचेर बनाइएका घरका पेटी भत्काउन थालेको हो । नगरपालिकाले केही दिन अघि रेखाङ्कन गरेर घर धनीलाई आफैं भत्काउन आग्रह गरेको थियो । तर घर धनीले नभत्काएपछि नगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको […]
राजविराज । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ । दुई वर्षअघि पक्राउ परी कारागारमा सजाय काटिरहेका सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ । यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएकोमा रेफर भई उपचारका लागि विराटनगरस्थित कोशी […]
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी तोडफोडको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जना जेल चलान भएको जानकारी दिएको छ । मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोडेर सात लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् । पक्राउ परेकामध्ये एक जना धरौटीमा रिहा […]
विराटनगर । कोशी अस्पताल विराटनगरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगर बिच सम्झौता भएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भएता पनि आवश्यकता […]
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने डाब बजारदेखि मार्तडी सडकको बीचमा स्थानीयले सुकाउने गरेको गहुँले पछिल्लो समय सडकमा दुर्घटनाको जोखिम बढाएको छ। बूढीगङ्गा र बडीमालिका नगरपालिकाका अधिकांश स्थानीयले चुट्नका लागि गहुँबाली सुकाउन सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको हो। वैशाख लागेलगत्तै यहाँका स्थानीयले गहुँ टिपेर चुट्नका लागि सडकको बीचबीचमा राख्दै आएका छन्। सोही ठाउँमा गाडी चलाउन […]
जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहका प्रत्येक वडामा मल उद्योग स्थापनासहित आउँदो आर्थिक वर्ष २०८०/८१ को ३१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। जनकपुरधामस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन यो नीति तथा कार्यक्रम ल्याउने योजना बनाएको उल्लेख […]
पोखरा । तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ । तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
जनकपुरधाम । दाइजोको निहुँमा एक महिलालाई श्रीमान्, ससुरा, सासु र देवरले आगो लगाएर हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाकी श्वेता झालाई श्रीमान् राजिव झा, ससुरा शिवशंकर झा, सासू र देवरले आगो लगाएर हत्याको प्रयास गरेका हुन् । स्वेताको शरीरको ३५ प्रतिशत भाग आगोले जलेको छ । छातीको तल्लो […]
विराटनगर । धरान उपमहानगरका मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूको विवाद थप चुलिएको छ । विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टियप्पणी गरेका छन् । राजीनामा दिन चेतावनीसहितको विज्ञप्तिपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ्गलाई […]
मकवानपुर । बागमती प्रदेशका ११ मध्ये ५ वटा मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन छन् । सत्ता साझेदार दलहरुबीच भागबण्डा नमिल्दा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ–आफ्नै दाबीका कारण फेरबदल हुने सम्भावना छ । जसका कारण मन्त्री भएका मन्त्रालयले पनि पर्याप्त मात्रामा […]