April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण

भोँटर कार्ड पुरयाउन जाँदा जनमतका ४ कार्यकर्ता पक्राउ, प्रहरीमाथि शंका

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:२१
भोँटर कार्ड पुरयाउन जाँदा जनमतका ४ कार्यकर्ता पक्राउ, प्रहरीमाथि शंका

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को एक मतदान स्थलबाट जनमत पार्टीका चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुरस्थित मतदानस्थल बाहिर मतदाताले मतदाता परिचय पत्र (भोँटरकार्ड) घरमै बिर्सेपछि कार्ड पुरयाउन जाँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको अधिकारिक सँचारबाट प्राप्त जानकारी अनुसार ४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुले अरुको परिचय पुरयाउन गएको बेला पैसा बाँडने आरोप लगाएर विवाद भएपछि विवाद साम्य पार्न उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई तत्कालै नियन्त्रणमा राखेर अनुसन्धान गर्दा मतदाता परिचय भेटाएको जनाइएको छ । मतदाताले समेत आफू घरमै परिचय पत्र बिर्सेपछि ल्याउन भनिएको पुष्टि गरेको छ ।

परिचय पत्र नै पुरयाउन गएको बेला प्रहरीले पूर्वाग्रह तवरले पक्राउ गरेको भन्दै प्रहरीमाथि पनि शंका जाहेर गरिएको छ । जनमतका नेताहरुले प्रहरी पूर्ण रुपले जसपासँग मिलेको आरोप लगाएका छन् ।

केही बेर अगाडी जसपाका एक नेतालाई नक्कली भोँटसहित पक्राउ परेका हुन् । उनको साथबाट नक्कली मत फेला परेको पुष्टि प्रहरीले गरेको हो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।