विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ। महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रङ्गशालामा पुगेर समापन भएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यवाहक मेयर काजीबहादुर […]
बाजुरा । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरवन्दी भए पनि वन रक्षकले […]
जनकपुरधाम । जनकपुरधामस्थित रहेको न्यूरो हस्पिटलमा बन्धक बनाईकी धनुषाकी मन्तोरिया देवी बुधबार घर फर्केकी हुन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका वडा नं. ९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिरहँदा सबैला नगरपालिकाका मेयर कारिराम यादवले उनलाई उन्मुक्ति दिलाएका छन् । करिब डेढ महिनादेखि अस्पतालकै बेडमा बस्नुपर्ने बाध्यता […]
सुनसरी । गहुँको तुलनामा मकैको उत्पादन राम्रो हुन थालेपछि सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । धान, गहुँ र मकैसहित कृषिका लागि उर्वर मानिने सुनसरीमा मकैतर्फ किसानको आकर्षण बढ्दै गएको हो । सिँचाई अभाव र धानको उत्पादनमा कमी हुँदै गएपछि किसानहरू गहुँ तथा धान खेतीभन्दा मकै खेती गर्नतर्फ आकर्षित भएको गढी गाउँपालिकाका किसान […]
विराटनगर। कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य भएको छ। बुधबार विराटनगरमा सम्पन्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले प्रथम अधिवेशन अर्थात् हिउँदे अधिवेशन अन्त्य भएको जानकारी दिए। प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै अधिवेशन अन्त्य हुने जनाएको हो। प्रदेश सरकारले यसै अधिवेशनबाट प्रदेशको नामाकरणलाई पूर्णता दिएको थियो। सरकारको पहिलो कार्यकालमा समेत नामाकरण गर्न […]
धनगढी । तीन दिन अघि मृत्यु भएका नवजात शिशुसहित सुत्केरी महिलाको शव कैलालीको मालाखेती अस्पतालबाट उठाईएको छैन। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै शव बुझेका छैनन्। उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गरिरहेका छन्। मृतकका आफन्तले आफुहरुको माग अस्पताल प्रशासन र स्थानिय सरकारले वेवास्ता गरेको भन्दै अहिले गोदावरी नगरपलिका घेराउ गरेका छन्। स्थानीयहरुले नगरपालिका […]
इनरुवा । मेडिकल माफिया आरिफ हुसेनको सेटिङको कारण इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीको बदनामी भैरहेको छ । भोक्राहा नरसिंह गाउँपालिका निवासी आरिफ हुसैनले आर्थिक लेनदेनमा म्याद गुज्रिएको र गुणस्तरीयहिन ओैषधी खरिद प्रक्रिया मिलाएको अडियो सार्वजानिक भएको छ । उक्त अडियोमा इनरुवा नगरपालिकाले ओैषधी खरिद प्रक्रियामा करोडौं भ्रष्टाचार गरेको पुष्टि गरेको भएको छ । मेडिकल माफिया […]
काठमाडाैँ, चैत २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएकाे छ । बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा प्रशिक्षार्थीलाई आयुक्त पद प्रदान गर्नुभयाे । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिनुभयाे । उक्त […]
हुम्ला हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । अन्यथा नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ । कोल्टीकी स्थानीय जानकारी रोकायाले बिहान उठेदेखि बेलुकासम्म छिमेकीको घरको भित्तामा मोबाइल डोरीमा झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । […]
दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका- ४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरेका हुन्। ‘भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका […]
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव विरुद्ध महिला शिक्षिकाहरुले मुर्दावादको नारा लगाएर विरोध जनाएका छन् । शहिदनगरको विभिन्न समुदायिक विद्यालयमा अध्ययन अध्ययापन गराउँदै आएकी बालविकाशकी शिक्षिकाहरुले आफूहरुको तबलभत्ता नदिएको भन्दै विरोध जनाएकी हुन् । कार्तिक, मँसिर, पुस, माघ, फागुनसम्मको तलबभत्ता नदिएको भन्दै शिक्षिकाहरुले नगरपालिकामा धर्ना दिँदै नगर प्रमुख यादवविरुद्ध मुर्दावादको नारा घन्काएकी […]
विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने संगठित गिरोह परिचालित भएको पाइएको छ । प्रहरीले चैत लागेपछि मात्रै संगठित गिरोहमा संलग्न रहेका दुईजना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एकथान स्कुटर र चारथान मोटरसाइकल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी नियन्त्रण विशेष अप्रेशन अन्तर्गत मोरङ र सप्तरी जिल्लाका […]