May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

मोबाइल झुण्ड्याएर कुरा गर्न बाध्यता

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:१५
मोबाइल झुण्ड्याएर कुरा गर्न बाध्यता

हुम्ला हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।
अन्यथा नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ ।

कोल्टीकी स्थानीय जानकारी रोकायाले बिहान उठेदेखि बेलुकासम्म छिमेकीको घरको भित्तामा मोबाइल डोरीमा झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले झुन्ड्याएको मोबाइलमा लाउडस्पिकरमा कुराकानी गर्दै कोल्टी क्षेत्रको अन्यत्र नेटवर्कले काम नगर्ने भएपछि स्थानीय सबैले सोही स्थानबाट मोबाइलमा कुराकानी गर्नुपरेको बताउनुभयो ।

त्यो पनि कम मूल्यका मोबाइलबाट सम्पर्क हुने गरेको छ । उहाँले मोबाइललाई बिहानैबाट घरमा झुण्ड्याएर राख्ने गर्नुभएको छ । अरू मोबाइल नभएका छिमेकीहरूले पनि आवश्यक परेका बेला उहाँकै मोबाइलबाट सम्पर्क गर्नुहुन्छ ।

उहाँले विगत चार वर्षदेखि यसरी कोल्टीका स्थानीयले सञ्चार सम्पर्क खेप्नुपरिरहेको बताउनुभयो । बढी मूल्यका मोबाइलले काम नगर्ने भएपछि कम मूल्यका मोबाइलहरू सो स्थानमा प्रयोग हुँदै आएका छन् ।

उहाँले मोबाइल सम्पर्क गर्न कोल्टीबाट एक घण्टा टाढाको डाँडामा जानुपर्ने वा घरको भित्तामा मोबाइल झुण्ड्याएर सम्पर्क गर्नुको अन्य विकल्प नभएको बताउनुभयो ।
कोल्टीमा नेपाल टेलिकमको सेवाले मात्र केही रूपमा काम गर्ने गरेको छ । यो विधि बाजुरापट्टिका स्थानीय र सुरक्षाकर्मीहरूले नअपनाएर हुम्लातर्फको प्रहरी चौकी कुवाडीका प्रहरीहरूले पनि सोही विधि अपनाउने गर्नुभएको छ ।

प्रहरीले घरको ढोकामा मोबाइल झुण्ड्याएर सञ्चार सम्पर्क गर्नु परि रहेको जनाएको छ । कवाडी नदीको गहिरो खोचमा बस्ती र पहरी चौकी रहेको कारण सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।