गोरखा : मर्स्याङ्दीको मूल प्रवाहभित्रबाट नदीजन्य सामग्री उत्खनन गरेको विषयमा समाचार प्रकाशन भएपछि जिल्ला अनुगमन समितिले बुधबार सो क्षेत्रको अनुगमन गरेको छ। अनुगमनपछि समितिले न्यूनतम आधारभूत मापदण्ड पनि पालना नगरी दोहन गरेको निष्कर्ष निकालेको छ। ‘शाहघाटमा अहिलेसम्म कति उत्खनन गरेरु संकलन कति भयोरु घाटगड्डी कहाँ होरु भन्ने नै निर्माण कम्पनीले देखाउन सकेनन्’ जिल्ला समन्वय अधिकारी […]
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । कानुनसम्मत गर्नुपर्ने कामका लागि पनि सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला […]
विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी नेताहरुले बताएका छन् । एमालेका कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय […]
सिमकोट । डेढ महिनापछिको हिमपातले हिमाली जिल्ला हुम्लाका किसानहरु खुसी भएका छन्। खडेरीका कारण सुक्न लागेको जेठासी बाली सुक्न नपाउने र कात्तिके बाली लगाउन सहज हुने भएपछि हिमपातबाट किसान खुसी भएका हुन्। स्याउ फारमका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपातले किसानका लागि राहत मिलेको बताए। लामो समय खडेरी परेको कारण […]
दाङ । दाङमा सम्राट सिमेन्ट उद्योगका कारण बस्ती विस्थापित हुने अवस्थामा पुगेको भन्दै प्रदुषण नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराइएको छ। लमही नगरपालिका वडा नं. ७ स्थित उद्योग छेउछाउका नागरिकले जीवनरक्षाको माग राख्दै स्थानीय सरकारसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन्। ‘उद्योगबाट निस्किएको धुलो, धुवाँ र आवाजका कारण हामीलाई समस्या पर्यो,’ स्थानीय कुमोद देवकोटाले भने, ‘उद्योगसँग […]
वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स फार्म प्रा.लि.को कारण हजारौं परिवार महामारीको शिकार बनेका छन् । कुखुराको अण्डा उत्पादन गर्ने उद्योगमा भइरहेको चरम लापरवाहीले गर्दा त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरी परिवार विभिन्न रोगको महामारीको शिकार बनेका हुन् । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स […]
इनरुवा । इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले नेपाल सरकारको निर्देशन र दशौ नगरसभाको निर्णय विपरित कानुन मिच्दै मनपरी ढंगले बजेट खर्च गरेको फेला परेको छ। इनरुवा नगरपालिकालाई नेपाल सरकार अर्थ मन्त्रालय र संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ माघ १७ गते फजुल खर्च कटौती गर्न दिएको निर्देशन र २०७९ माघ २७ गतेको नगरसभाको निर्णय […]
विराटनगर। नेपाली नागरिकता तिब्बती शरणार्थीलाई दिएको आरोपमा मोरङ सुन्दरहरैंचाका एकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहल काठमाण्डौंका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरेको हो । उनीहरुलाई गत चैत ५ गते बबरमहलबाट पक्राउ गरिएको थियो । उनीहरुको […]
काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर […]
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]
विराटनगर । विराटनगर–१९ मिलनचौककी २७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान भएका छन् । फागुन ७ गते बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा सोनारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चारजनामध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । घटनामा संलग्न आरोपमा पक्राउ परेका विराटनगर–७ का श्रीराम […]
काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक दुर्घटना भएको हो । बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको डीएसपी लम्सालले जानकारी दिनुभयो । ट्रक चालक बाँकेका ३० वर्षीय कृष्ण चौधरी र […]