July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

लुम्बिनीका मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादीलगायत चार दल

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:५४
लुम्बिनीका मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादीलगायत चार दल

दाङ । सत्ता समीकरण बदलिएसँगै यसको प्रभाव केन्द्रसँगै प्रदेश सरकारमा समेत पर्न थालेको छ।

यसको प्रभावस्वरुप केन्द्र सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

नेकपा माओवादी भित्र पनि एक धार समर्थन फिर्ता लिने पक्षमा र एक धार फिर्ता नलिने पक्षमा देखिएको लुम्बिनी प्रदेशमा माओवादीले आज बिहान ११ बजे संसदीय दलको बैठक आह्वान गरी यसबारे टुङ्गो लगाउने तयारीमा थालेको छ।

स्रोतका अनुसार लुम्बिनीमा माओवादीसँगै सरकारकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र जनता समाजावादी पार्टी(जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका छन्।

गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी अहिले सरकारमा छन्।

नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए। अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन्।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ। नेकपा एमालेको पक्षमा राप्रपा मात्रै उभिएको छ।

नयाँ समीकरणको आधारमा सरकार फेर्ने विषयमा नयाँ गठबन्धन सक्रिय बन्न थालेको हो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्म स्थगित बनेको सरकार बदल्ने विषयले फेरि चर्चा पाउन थालेको छ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्नेगरी गृहकार्य थालिसकेको छ। जसका लागि नयाँ गठबन्धनमा रहेका दलहरूकाे बीचमा छलफल गरिरहेको छ। संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो सक्रियता बढाउन थालेका छन्।

मुख्मन्त्री लीला गिरी भने संसदीय प्रक्रियामा सहभागी हुन चाहेका छन्। सरकारमा सहभागी कुनै एक दलले समर्थन फिर्ता लिएको खण्डमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

विश्वासको मत लिनुपर्ने खण्डमा पनि सरकारले त्यसको अभ्यास गर्ने जनाउ दिएको छ। लुम्बिनीमा एमाले पहिलो दल छ, जसका २९ सांसद छन्। दोस्रोमा नेपाली कांग्रेस छ, जसका २७ सांसद छन्। तेस्रोमा माओवादी छ, जसका १० सांसद छन्।

८७ सदस्यीय प्रदेशसभामा राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, लोसपा र जनमतका तीन-तीन, जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक र स्वतन्त्रगरी दुई सांसद छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्