विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो । प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका( ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री […]
विराटनगर । झापा अर्जुनधारा–८ का नेत्रप्रसाद गिरी र घैलाडुब्बा गाविस–१ का आयुश गिरी एउटै व्यक्ति हुन् । नेपालका दुई नागरिकताधारी नेत्र र आयुश गिरी भारतको आधार कार्डमा राजिव गिरी छन् । उनले भारतको आधार कार्ड कसरी लिएका हुन्, बेग्लै पाटो छ । नेपालको नागरिकता भने अर्जुनधारा बसोबास कायम रहेको सक्कली र घैलाडुब्बा गाविस–१ बसोबास भएको नक्कली […]
पर्सा। वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै […]
सुदूरपश्चिम । धनगढीमा यही चैत दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो । विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले […]
काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको टड्कारो खाँचो औँल्याएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे उनले सङ्घले नीतिनियम तर्जुमा र अनुगमन, प्रदेशले बजेट कार्यक्रम निर्माण र बजेट विनियोजन तथा स्थानीय सरकारले कार्यक्रम कार्यान्वयन गर्ने पद्धति […]
बर्जु । बर्जु गाउँपालिकामा ठेकेदारसँगको मिलेमतोमा निर्माणका काम अगाडी बढाएर चरम भ्रष्टचार र बेथिती बढेको स्थानीयले आरोप लगाएका छन् । विकास निर्माणका कामहरुका बारेमा स्थानीयलाई सोध्न र बुझ्न पाउने अधिकारबाट समेत बन्चित गराउँदै स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबाट भ्रष्टचार हुने गरेको आरोप लगाइएको हो । स्थानीय चारजना युवाहरुले बर्जु गाउँपालिका २ र ४ जोड्ने भीमपुर–गुजेलाल […]
भोजपुर ।श्रीमान–श्रीमती दुवै मादक पदार्थ सेवन गरी सडकमा सुतेका बेला श्रीमती मृत अवस्थामा फेला परेकी छन् । भोजपुरको षडानन्द नगरपालिका १० का ३९ वर्षीय मानबहादुर राई र उनकी श्रीमती २४ वर्षीया ललिता लिम्बू मादक पदार्थ सेवन गरी सडकमा सुतिरहेको अवस्थामा फेला परेका थिए । स्थानीयले देखेर खबर गरेपछि पुगेको प्रहरीले ललितालाई मृत अवस्थामा फेला पारेको […]
इनरुवा । सुनसरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा समाजवादी विद्यार्थी युनियनका देवकुमार यादव निर्वाचित भएको छ । आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणामसहित कूल ४७१ खसेको मतमध्ये यादवले २६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएको हो । निकटतम प्रतिद्वन्दी नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार नन्दन गुप्ताले १९९ मत प्राप्त गरे । यस क्याम्पसमा […]
सुनसरी । धरान उप महानगरका वडाध्यक्ष सहित २८ जना कार्यपालिका सदस्यहरूले मेयर हर्क साम्पांगले माफी माग्नु पर्ने माग राखेको छ। मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले हस्ताक्षर गरी वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्र काटेको विषयमा विवाद बढ्दै जाँदा वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरूले मेयर साम्पांगले माफी माग्नु पर्ने माग राखेको हो । उनीहरूले आइतबार विज्ञप्ति जारी गदै २४ घण्टे […]
चितवन । चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन् । आज आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन् । चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत […]
जनकपुरधाम । सप्तरीमा प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४ किलो गाँजा बरामद गरेको हो । घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए । गाँजा बरामद गरी […]
दुहवी । सुनसरीको दुहवी नगरपालिका २ तुथाहामा रहेको प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी भएको छ । आज बिहान ११ः ३०बजे देखी लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन ८ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । दुहबी,इटहरी, धरान, इनरुवा, सुन्दरहरैँचा लगायतका पालिकाका दमकलहरुले निरन्तर आगो निभाउने प्रयास गरिरहेका […]