March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध राष्ट्रिय सभाको बैठक बस्दै डाक्टर प्रतिभा मृत भेटिइन् बर्षाले रद्द भएको नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा , कहिलेबाट सुधार आउला मौसममा ? कानेपोखरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार

मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:३६
मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान

विराटनगर । विराटनगरमोरङको दक्षिणी क्षेत्रको विद्यालय सुधार अभियान शुरु भएको छ। मोरङ जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार गर्नको लागि संघीय सांसदमा निर्वाचित भएपछि योगेन्द्र मण्डलले आफ्नो निर्वाचन क्षेत्रको शिक्षामा सुधार गर्ने बताएका थिए । आफ्नो योजना र प्रतिवद्धता पुरा गर्नकालागि अभियानको रुपमा कार्यक्रमको थालनी गरिएको छ । सांसद मण्डलले आफ्नो निर्वाचन क्षेत्र अन्तरगष्तका विद्यालयहरुको सुधारको लागि धेरै काम गर्न सकिने बताए । ‘अहिले शिक्षाको अबस्था अत्यन्त कमजोर रहेको छ, उनले भने, शिक्षा क्षेत्रको सुधारको लागि सबै मिलेर सामान्य पहल गर्ने हो भने धेरै सुधार हुनसक्छ ।’
विराटनगरमा जीवन विकास समाजको सहयोगमा शिक्षा विकास तथा समन्वय ईकाई मोरङ र संघीय सांसद योगेन्द्र मण्डलको सहकार्यमा शिक्षा सुधार अभियान अन्तन्तरक्रियाको क्रममा मोरङ क्षेत्र नम्बर ५ अन्य क्षेत्रको तुलनामा शिक्षाको अबस्था कमजोर रहेको औल्याईएको छ। अरु पालिकाहरुले शुरु गरेको असल अभ्यासलाई यो क्षेत्र अन्तरगतका पालिकाले सिको गरेर विद्याललय शिक्षा सुधारको अभियान चलाउनु पर्ने बताए । शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंक गौतमले यस निर्वाचन क्षेत्र अन्तरगत गर्ने जहदा, धनपालथान, विराटनगर महानगरपालिकाका केही वडा रंगेली नगरपालिकाका केही वडाको शिक्षाको अबस्था सुधार गर्न निक्कै मेहनत गर्नु पर्ने बताए । ‘शिक्षाको गुणस्तर सुधार हुन नसक्नुको कारण विद्यालयमा पर्यप्त दरबन्दी पनि नभएको अबस्था छ, उनले भने, जहदामा रहेका ९ वटा माध्यामिक बिद्यालयहरु मध्ये माबिको दरबन्न्दी जम्मा ६ जना मात्र रहेको छ ।’
नेपालमा शिक्षा क्षेत्रका नाम चलेका विज्ञ, नेपाल सरकारका शिक्षा हेर्ने विभाग, मन्त्रालय, बोर्डका अधिकारीहरु, मोरङ क्षेत्र नम्बर ५ का स्थानीय तहका प्रमुख, उपप्रमुख, त्यस क्षेत्रका बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थितीमा छलफल भएको थियो । मोरङ जिल्लामा शिक्षा सुधारकोलागि असल अभ्यास गर्दै आएका बिद्यालयहरुले सुधार हुनुका कारणहरु प्रस्तुती गरेका थिए । विराटनगरको आदर्श माध्यामिक बिद्यालयका सन्तोष पोखरेल, पोखरिया माध्यामिक बिद्यालयका खेमराज भट्टराईले तथा बेलवारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोईरालाले पालिकामा भएको असल अभ्यास प्रस्तुत गरेका थिए । विद्यालय शिक्षा सुधारकालागि विद्यालय एक जिम्मेवारी अनेक पद्धतिको कार्यान्वयन गर्नु पर्ने, कक्षा एक प्रथम अनेक अबधारणाका साथ विद्यार्थीले जानेका कुरालाई पनि प्रथम बनाउने रणनीतिले शिक्षामा सुधार हुने कोईरालाले बताए ।
विद्यालय हाम्रो चोक अभियान मार्फत सरसफाई अभियान चलाउनु पर्ने, हामी बनाउछौ हाम्रो विद्यालय मार्फत यस अघि त्यस बिद्यालयमा पढेर बाहिरिएका विद्यार्थीहरुको साथ आबश्यक हुने बताए । विद्यालयहरुले हामी लेख्छौ हाम्रो ईतिहास, मेरो विद्यालय मेरो पहिचान, हामी शिक्षक सक्षम छौ अभियान चलाउँदा एक बर्षमा बेलवारी नगरपालिकामा १५ सय विद्यार्थी थपिएको उनले बताए ।
जनप्रतिनिधिको आरोप प्रअलाई
शिक्षा क्षेत्र सुधारका लागि अभियान चलाउने क्रममा विद्यालय शिक्षा स्थानीय तहमा हुँदा हुँदैपनि स्थानीय तहका जनप्रतिनिधी विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने कुरा आफ्नो भन्दा प्रधानाध्यापकको भुमिका बढी हुनु पर्ने बताउँछन् । विद्यालय शिक्षा सुधार गर्नको लागि पहिला शिक्षक र प्रधानाध्यापक सुध्रिनु पर्ने जनप्रतिनिधिको भनाई छ । धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ गच्छदारले शिक्षाको सुधार नहुँदासम्म अरूकाम प्रभावकारी नभएको बताए । उनले अरू पालिको तुलनामा धनपालथानमा शिक्षाको अबस्था कमजोर रहेको बताए । शिक्षाको सुधारकालागि आफू प्रतिवद्व रहेको उल्लेख गरे । ‘सबै एकजुट भएर अघि नबढ्ने हो भने विद्यालयको सुधार हुन सक्छ, उनले भने, हामीले सडक निर्माण गरेका छौँ, कालोपत्रे गरेका छौँ तर सडकमा गाई बाँध्ने गोबर थुपार्ने काम हुन्छ त्यो भनेको शिक्षाको कमीले हो ।’ भौैतिक विकासलाई दिगोपन दिनकालागि शिक्षा क्षेत्रको विकास हुनु जरुरी रहेको उनलेब ताए । ‘विद्यालयका शिक्षक, प्रअहरु सबै मिलेर अभियान चलाऔँ, कसको के कमि कमजोरी छ त्यसलाई सुधार गर्न सबै तयार हुनु पर्छ, उनले भने, म मेरो तर्फबाट सुधारको अभियान चलाउन तयार छु ।’
जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले एउटा जनप्रतिनिधिले शिक्षा सुधारको कुरालाई मनन् गरेर मात्र नहुने बताए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने हो भनेँ प्रअहरू जिम्मेवार बन्नु पर्ने बताए । उनले शिक्षक र प्रअले पठन पाठनलाई पुरै समय दिने हो भने मात्र पनि धेरै सुधार हुने उनको तर्क छ । ‘शिक्षा क्षेत्रमा सुधार हुन नसकेको तथ्यलाई मैले पनि स्वीकार गर्छु, उनले भने, म एक्लैले केही गर्न सक्दिन यस्तो काममा शिक्षक र प्रधानाध्यापक जिम्मेवार हुनुपर्छ ।’

शिक्षा क्षेत्रका जानकार डा ध्रुबराज रेग्मीले शिक्षाको गुणस्तरको बारेमा मोरङका विद्यालयमा अध्ययन र अनुसन्धान गरेको बताए । अन्तर्राष्ट्रिय रूपमा शिक्षाको लय कसरी अघि बढेको छ भन्ने बासेमा उनले जानकारी गराएका थिए । क्वालिटी हेर्दा विद्यार्थी धेरै, धेरै शिक्षक वा पुर्वाधार मात्र भएर नहुने बताएका उनले विद्यालयले एक बर्षमा कसरी काम गर्याे प्रक्रियामा गर्याे की गरेन भन्ने मुल कुरा रहेको औल्याए । प्राकृतिक संरचना, संस्कृतिको संरक्षण, समाजको समन्वय, अर्थतन्त्रको बारेमा शिक्षाले जोड दिनु पर्ने बताए । ‘कोभिड पछाडि शिक्षाको परिभाषा परिवर्तन भएको छ, उनले भने, पठ्यक्रम, माध्याममा व्यापक परिवर्तन भएको छ ।’ पछिल्ल्लो समय शिक्षा ग्रिनिङ एजुकेशन र डिजिटल ट्रान्सर्फमरमेशन एजुकेशनमा ध्यान ध्यान केन्द्रीत गर्नु पर्ने अबस्था रहेको बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका जयप्रसाद आचार्यले शिक्षकहरूसँग शक्ति हुँदा हुँदै अरूको मुख ताक्न नहुने बताए । नगरपालिका संघ र गाउँपालिका महासंघको बिचमा शिक्षा सुधारकोलागि एमओयुमा हस्ताक्षर भएको बताएका उनले अब अरुको भर परेर शिक्षा सुधार हुन नसक्ने बताए । शिक्षाको कामलाई अन्तरपालिका समन्वय गरेर जान सकियो भनेँ यसले पालिकाको शिक्षाको सुधारमा काम हुनसक्ने उनको भनाई छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षाको सुधारकालागि विद्यार्थीको सिकाई उपलब्धीसँग जोडेर जानु पर्ने बताए । अग्रेजी, गणित र विज्ञान विषयसँगै विद्यार्थीले प्राथमिक तहमा उसले कति सिकाई उपलब्धी हाँसिल ग¥यो त्यसलाई आधार बनाएर अघि बढ्न विद्यालयहरुलाई सुझाव दिए । ‘विद्यालय शिक्षा सुधारकोलगि हरेक माननीयले आफ्नो निर्वाचन क्षेत्रमा सुधार गर्नुपर्छ भन्ने सन्देश माननीय योगेन्द्र मण्डलल ज्यूले दिनु भएको छ, शर्माले भन्नुभयो, यसले पुराना अनुभव र अहिलेको अभ्यासका बिच कसरी सुधार गरेर जाने भन्ने स्पष्ट खाका दिएको छ।’ ठाउँ र परिवेश अनुसार गुणस्तरीय शिक्षा बिद्यालयमा जसरी सफल हुन्छ त्यसैगरी काम गर्नु पर्ने उनको भनाई छ । यो कार्यक्रमले एकले अर्कोलाई सिक्ने र सिकाउने ठाउँको रुपमा विकास गर्ने पनि शर्माले बताए ।
शिक्षा क्षेत्रका जानकार सुरेशराज शर्माले सबै निर्वाचन क्षेत्र, सबै पालिका, सबै वडाहरुमा अभियानको रुपमा शिक्षाको गुणस्तर सुधार चलाउनु पर्ने बताए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट