इनरुवा । सुनसरीको इनरुवामा विजय र्याली निकालिएको छ । आइसिसी क्रिकेट विश्वकप लिग २ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक सुसी व्यक्त दर्गै फुलवारी क्रिकेट क्लबले शुक्रबार इनरुवा–२ फुलवारी चोक रामजी भवन अगाडीबाट विजय ¥याली निकालेको हो । इनरुवा–२ फुलवारी चोक रामजी भवन अगाडीबाट विजय र्याली निकाली बस चोक,सखुवा गाछी हुँदै इनरुवा–१ […]
जनकपुरधाम । शितलहरमा जसोतसो गुजारा गरेका धनुषाको नगराईन नगरवासीलाई गर्मी आएपछि सिरक वितरण गर्न थालिएको छ । धनुषाको दक्षिणी सीमावर्ती स्थानीय तह नगराईन नगरपालिकाले जाडो समाप्त भएर गर्मी सुरु भएपछि न्यानो सिरक वितरण सुरु गरेको छ । नगराईन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार एक कार्यक्रमबीच न्यानो सिरक बाँडेको तस्विरहरु समाजिक सँजालमा […]
जनकपुरधाम । मधेश सरकारले प्रदेशभरिका ८६ हजारभन्दा बढी विद्यार्थीलाई झोला वितरण गरिरहेको छ । शिक्षा विकास निर्देशनालयमार्फत आठवटै जिल्लाको सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त ८६ हजार ५२३ विद्यार्थीलाई एउटा ज्योमेट्रीबक्ससहित झोला वितरण थालेका हो । मधेश प्रदेशको नामाकरण भएपछि आठवटै जिल्लाको गल्लीगल्ली घरघरमा ‘मधेश प्रदेश’ नाम प्रचार, मधेश सरकारको अनुभूति तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार इनरुवा नगरपालिकाको कार्यालयमा नगरपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को दोस्रो चौमासिकसम्ममा सम्पादन गरेको कामको प्रभावकारीता,नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको इनरुवा नगरपालिकाले जनाएको छ । नगरपालिकाले सम्पन्न गरिएका योजना […]
रामधुनी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ऋणीको १२ लाख कर्जा मिनाहा गरी उल्टै रकम थप गरेर दिएको छ । फरवार्डले सुनसरी, रामुधनी नगरपालिका ७ की रामकुमारी धामीले एक वर्षअघि लिएको सम्पूर्ण ऋण मिनाहा गरी उल्टै २० प्रतिशत रकम थपेर दिएको हो । जग्गा खरिद गर्न भनी ०७८ कार्तिक २८ गते फरवार्डबाट १२ लाख […]
विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी विरुद्ध बिहीबार साँझसम्म एक हजार २० जनाले उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीका लागि तोकिएको डेस्कमा परेर उजुरी दिने काम शुक्रबार समेत जारी रहेको छ । बिहीबारसम्म ४५ करोड ६४ लाख ३९ हजार ११ रुपैँया बराबर रकम पुगेको छ । प्रहरीले फागुन २८ गतेदेखि उजुरी लिन […]
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका ४ कप्तानगंजमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया सपनादेवी शर्मा रहेकी छन् । आफ्नै घरमा मोटर जडान भएको ट्युवेल चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा उनको सोही स्थानमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा […]
दुहबी । सुनसरीको दुहबी नगरपालिका–१ र २ स्थितबाट दुई वटा चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबी नगरपालिका–२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका–३ मोरङका २७ बर्षीय अमन सरदारलाई प्रहरीले मोटरसाईकल सहित पक्राउ गरेको हो । बिहिबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले […]
हेटौंडा । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट उक्त घोषणा गरेको हो । ‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने […]
बारा । बाराको कलैयामा बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । वीरगञ्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएकाृ हो । कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय छोरा कार्तिकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । बस चालकलाई […]
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान २ मा बन्दै गरेको सामुदायिक भवनका लागि प्रदेश सरकारद्धारा बिनियोजन भएको बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित भएको छ । नेचासल्यान २ को केउरेनीमा निर्माणाधीन सामुदायिक भवनका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारबाट बिनियोजन भएको ३० लाख बजेट वडाध्यक्ष सीताराम काफ्लेको अग्रसरतामा अन्यत्र लान खोजेपछि स्थानीयबासी आक्रोशित बनेको हो । […]
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित बाटो हिँडदै गरेकी युवतिहरुलाई जिस्काउने तीन जना युवकहरुमध्ये एक जना मोटरसाईकलसहित पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले समाजिक सँजालमा तस्विरहरु भाईरल भएपछि उनीहरुको खोजतलास सुरु गरेको थियो । बुधबार समाजिक सँजालमा युवति जिस्काएको र हातले समात्न खोजेको तस्विर, भिडियोहरु सार्वजनिक भएपछि तीनै जनालाई खोजतलास सुरु गरिएको थियो […]