रासस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी […]
इटहरी / इटहरी ६ स्थित कबिर माध्यमिक विद्यालयको पछाडि सुकुमारी पैनी छेउमा थुपारीएकाे फेहाेर इटहरी नगरपालिका तथा ब्लुज ११ क्लबको सहकार्यमा सफा गरिएको छ । विद्यालय वरपर स्थानीहरूले फाेहाेर फालेपश्चात् विद्यालयले नगरपालिकामा निबेदन दिए पश्चात् इटहरी नगरपालिकाले सरसफाइ गरेको वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए । विद्यालय छेउछाउ पोहोर फाल्नाले स्थानीय तथा बिध्यार्थीहरूमा नकारात्मक […]
झापा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन्। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो। आज मध्यराति १२ बजेपछि मौन अवधि (स्थिर समय) सुरू हुनेछ। मौन अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने छैनन्। निर्वाचन आयुक्त […]
इनरुवा ।। आफ्नै पाटीका मन्त्रीकाे चुनावी कार्यक्रम ,मंसिर ४ गते हुन लागेसँगेै आफ्नाे पकेटमा मत तान्न विभिन्न चुनावी फन्डा सुरु भएको छ । इनरुवा८ को सो कार्यक्रमलाइ लक्ष्यित गर्दै महेन्द्र चोक् राधा कृष्ण मन्दिर देखि रामधुनी सम्म को सडक लाइ इनरुवानगर पालिका को प्रमुख् केदार भण्डारीको निर्देशनमा धुलामे बाटो मा पानी छर्दै गरेको दृश्य देख्न […]
झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्। झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्। नेत्रहीन युवा संघ नेपाल झापा शाखाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले भद्रपुर-२ पृथ्वीनगरस्थित सगरमाथा माविमा नमुना मतदान गराएका हुन्। नमुना मतदानमा अपाङ्गता, दृष्टिविहीन, […]
काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाइ अनुगमन सुरु गरेको छ। कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएकोे थियो भने तीन जना बालबालिका घाइते भएका थिए। घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमनसमेत सुरु गरेको आयोगका प्रवक्ता डा […]
दमक/ झापा दमकका एक युवकको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या भएको छ । मोरङको उर्लाबारी ७ स्थित मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । छुरा प्रहार गर्नेको पहिचान भइसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको र […]
झापा । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार २७ […]
काठमाडाैँ- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने […]
झापा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा आज सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख […]
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हलोमा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सूर्य चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार मेचीनगर–१०, धुलाबारी स्थित पासाङ ल्याहमु स्मृति प्रतिष्ठान (टाउन हल) मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई हलोमा र राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई सूर्य चिन्हमा भोट हाल्न निर्देशन गरेका […]
-काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे रु एक सय जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो । रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम […]