sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिले गरे नमुना मतदान

  • साझा परिवेश
  • आइतवार, कार्तिक २७, २०७९ 0८:२७
झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिले गरे नमुना मतदान

झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्।
झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्।

नेत्रहीन युवा संघ नेपाल झापा शाखाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले भद्रपुर-२ पृथ्वीनगरस्थित सगरमाथा माविमा नमुना मतदान गराएका हुन्।

नमुना मतदानमा अपाङ्गता, दृष्टिविहीन, अशक्त वृद्धवृद्धा गरी ६० जना जनाले मतदान गरेका थिए। त्यसमध्ये चार मत बदर भएको जनाइएको छ।

संघले नमुना मतदान गराउनु अघि अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूलाई मतदाता शिक्षा समेत दिएको नेत्रहीन युवा संघ नेपाल झापाका अध्यक्ष दिलकुमार राजवंशीले जानकारी दिए।

संघले जिल्लाको दुधे र बिर्तामोडमा पनि अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूलाई नमुना मतदान गराइसकेको उनले बताए।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर १ नम्बर वडाध्यक्ष रामकुमार अधिकारी, २ नम्बर वडाध्यक्ष राम कँडेल, झापा नेत्रहीन संघका अध्यक्ष द्रोणाचार्य निरौला, नगर अपाङ्गता समन्वय समितिका अध्यक्ष ऋषि चापागाईँ लगायतले मन्तव्य राखेका थिए।

स्वागत मन्तव्य संघका सचिव होमनाथ राजवंशीले राखेको कार्यक्रमको सञ्चालन संघका कर्मचारी मुना भट्टराईले गरेकी थिइन्

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक २७, २०७९ 0८:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid