दमक/ झापा दमकका एक युवकको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या भएको छ ।  मोरङको उर्लाबारी ७ स्थित मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो ।
छुरा प्रहार गर्नेको पहिचान भइसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको र केही शंकास्पद ब्यक्तिहरुको नाम समेत प्राप्त भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताए ।
छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतक श्रेष्ठको शव उर्लाबारी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।