September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ: प्रधानमन्त्री

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवम् रचनात्मक तत्परताबाट पलायन रोक्न सकिन्छ भने। राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल […]

  • २ years अगाडि
भाइरल ज्वरोले ३ जनाको मृत्यु : मुगु पुग्यो स्वास्थ्यकर्मीको टोली

भाइरल ज्वरोले ३ जनाको मृत्यु : मुगु पुग्यो स्वास्थ्यकर्मीको टोली

भाइरल ज्वरोले ३ जनाको मृत्यु भएपछि र धेरैमा संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले सोरु गाउँपालिकामा औषधिसहित चिकित्सक र जनस्वास्थ्यविदको टोली खटाएको छ । एक सातअघि सोरु गाउँपालिकाको पुरुमुरु र जिमामा भाइरल ज्वरो बाट ३ जनाको मृत्यु भएको थियो । तीन जनाको मृत्यु पनि भएको र धेरै जनामा संक्रमण फैलिएकाले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले […]

  • २ years अगाडि
सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवै जनाको घट्नास्थलमै ज्यान गएको […]

  • २ years अगाडि
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नु छ : प्रधानमन्त्री

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नु छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय बाह्रौँ ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै उनले विश्व […]

  • २ years अगाडि
२५ दिनको नाबालक सहित बेपत्ता महिलाको शब तमोर नदिमा भेटियो

२५ दिनको नाबालक सहित बेपत्ता महिलाको शब तमोर नदिमा भेटियो

गणेश कुमार श्रेष्ठ ताप्लेजुङ : माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएको छ । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव सोमबार तमोर नदी किनारमा भेटिएको हो । आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला […]

  • २ years अगाडि
राहदानी विभागका कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्धा

राहदानी विभागका कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्धा

राहदानी विभाग त्रिपुरेश्वरका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित सुमी धामी भनिने सुमित्रा सापकोटाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो। राष्ट्रिय परिचयपत्र सहजीकरणका निम्ति राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीलाई राहदानी बनाइदिने भन्दै ३४ हजार रुपैयाँ लिइएको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। साथै […]

  • २ years अगाडि
धरहरामा आजदेखि निःशुल्क पार्किङ

धरहरामा आजदेखि निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको […]

  • २ years अगाडि
पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी

पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौँ तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार […]

  • २ years अगाडि
विसं २०८१ का लागि १५ वटा पात्रोलाई स्वीकृति प्रदान

विसं २०८१ का लागि १५ वटा पात्रोलाई स्वीकृति प्रदान

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, […]

  • २ years अगाडि
राष्ट्रियसभामा फेरियो दलीय हैसियत : राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

राष्ट्रियसभामा फेरियो दलीय हैसियत : राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि विहिवार भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ । जसमा कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् […]

  • २ years अगाडि
एमालेले सरकारलाई बुझायो मध्यपहाडका ७५१ बुँदे माग

एमालेले सरकारलाई बुझायो मध्यपहाडका ७५१ बुँदे माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास […]

  • २ years अगाडि
आन्तरिक रोजगारीको विवरण उपलब्ध गराउन पालिकालाई सङ्घीय मन्त्रालयको अनुरोध

आन्तरिक रोजगारीको विवरण उपलब्ध गराउन पालिकालाई सङ्घीय मन्त्रालयको अनुरोध

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई आन्तरिक रोजगारको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले सूचना निकालेर गएको आर्थिक वर्षमा रोजगारी सृजनासम्बन्धी पालिकामा सञ्चालन भएका आयोजना तथा कार्यक्रमको विवरण सात दिनभित्र उपलब्ध गराउन अनुरोध गरेको हो । आउँदो आर्थिक वर्ष २०८१/८२ देखि ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ का रुपमा अभियान सञ्चालन […]

  • २ years अगाडि

लोकप्रिय