मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष–प्रशंसकहरू बढ्नेछन् […]
काठमाडौं- नवल खड्काले नयाँ फिल्म बनाउने भएका छन्। लक्ष्मीपूजाको अवसरमा खड्काले फेसबुकमार्फत ‘दोधारा चाँदनी’ शीर्षकको फिल्म बनाउने घोषणा गरेका हुन्। यो फिल्म कञ्चरपुर जिल्लाको महाकालीकापारिको नेपाल दोधारा चाँदनीको कथामा बन्नेछ। भारतले दोधराचाँदनीमा गरेको सीमा अतिक्रमणदेखि त्यहाँका जनताहरुले भोग्नुपरेको व्यथालाई फिल्ममा देखाइनेछ। सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको खड्का निर्माता हुन्। फिल्मको टाइटल घोषणा […]
बर्दिया – बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका […]
काठमाण्डाै – तिहारमा काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्न पाइने भएकाे छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलाे खेल्न कुनै सीमित समय निर्धारण नगरेकाे भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएकाे हाे । काठमाण्डाै प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह […]
२६ कात्तिक, काठमाडौं । यस वर्ष २८ कात्तिक (१५ नोभेम्बर)का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ । सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा […]
काठमाडौं । नेपाली सेनाको ‘मोची’ पदमा कार्यरत एक कर्मचारी नक्कली नोट कारोबार गरेको अभियोगमा पक्राउ परेका छन्। सेनाको पुरानो गोरख गण नारायणहिटीमा कार्यरत विरेन्द्र कुमार रामलाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको हो। उनी विरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ। प्रहरीसँगको बयानमा उनले साहुको ऋण तिर्नको लागि नक्कली नोटको कारोबारमा लागेको बयान […]
काठमाडौँ। आज साँझ देशैभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई […]
काठमाडौं : तिहार बिदामा सर्वोच्च अदालत खुला हुने भएको छ। बन्दी प्रत्यक्षीकरण, रिट निवेदनमा सुनुवाइ गर्न अदालत तिहार बिदामा खुला रहने भएको हो। कार्त्तिक २६ गतेदेखि ३० गतेसम्मका लागि न्यायाधीशहरुको जिम्मेवारी तोकेको छ। सर्वोच्च अदालतका अनुसार कार्त्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान् सिंह,कार्त्तिक २७ गते न्यायाधीश सपना प्रधान मल्ल,कार्त्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र […]
काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी-ट्वेन्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक […]
गोरखा : गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राती घर जल्दा डढेर आमा छोराको मृत्यु भएको छ। ७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ वर्षीय छोरा चमारसिँह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। ‘हिजो राती घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खबर आयो’, प्रहरी नायव उपरीक्षक […]
फूल-माला बिक्रीका लागि मात्र चार स्थान महानगरपालिका,स्वदेशी फूल उत्पादक र बिक्रेताबीच छलफल न्यूरोड सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डपमा सारियो काठमाडौं ।। तिहारका लागि फूल-माला बिक्रीका लागि काठमाडौं महानगरपालिकाले चार स्थान तोकेको छ। भृकुटीमण्डप,तीनकुने,हाँडीगाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशमा उत्पादित फूल बिक्रीका लागि तोकेको हो। शनिबार महानगरपालिका,स्वदेशी फूल उत्पादक र बिक्रेताबीच छलफल भएपछि फूल […]
२६ कार्तिक, काठमाडौं । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, […]