May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य

फुटपाथका फूलमाला ब्यापारीलाई समायो महानगरले

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:३३
फुटपाथका फूलमाला ब्यापारीलाई समायो महानगरले
  • फूल-माला बिक्रीका लागि मात्र चार स्थान
  • महानगरपालिका,स्वदेशी फूल उत्पादक र  बिक्रेताबीच छलफल
  • न्यूरोड सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डपमा सारियो

काठमाडौं ।।

तिहारका लागि फूल-माला बिक्रीका लागि काठमाडौं महानगरपालिकाले चार स्थान तोकेको छ।  भृकुटीमण्डप,तीनकुने,हाँडीगाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशमा उत्पादित फूल बिक्रीका लागि तोकेको हो। शनिबार महानगरपालिका,स्वदेशी फूल उत्पादक र  बिक्रेताबीच छलफल भएपछि फूल बिक्रीका लागि निश्चित स्थान तोकिएका हुन्।  तोकिएकै स्थानबाट फूल बिक्री गर्न महानगरपालिकाले कडाइ गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गरेका छन्। फूल बिक्रीका न्यूरोड,असनलगायत फूटपातमा माला बिक्रीका लागि पुगेकाहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लिइ तोकिदिएको स्थलमा पुर्‍याइदिएको छ।

तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानहरु न्यूरोडसहित सहरका विभिन्न ठाउँ पुगेका थिए । उनीहरूलाई बिक्री स्थल थाहा नभएकाले सवारी साधनमा राखेर बिक्री स्थलमा पुर्‍याएको महानगरले  जनाएको छ। सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरीले सघाएको छ । न्यूरोड सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट सो क्षेत्रमा सवारी आवागमन खुकुलो भएको महानगर प्रहरीले जनाएको छ। महानगरले तोकिएकै स्थानाट फूल बिक्री गर्न अनुरोध गरेको छ।  यसका लागि महानगरपालिका,नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्ने महानगरले जनाएको छ।

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।