पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । ज्यान गुमाउनेकाे परिचय खुल्न बाँकी छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो […]
काठमाण्डाै – प्यालेस्टिन विद्रोही समूह हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव काठमाण्डाै आइपुगेकाे छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का […]
विराटनगर । दशैं भित्रिसकेको थियो । बुबा, आमा उत्साहका साथ दशैं मनाउने तयारीमा थिए । साथमा ७ वर्षकी छोरी पनि दशैंको उमङ्गमा थिइन् । स्वभाविक हिसावले दशैंमा धेरै खुसी हुने उमेर समूहमा रहेकी ती बालिकाको दशैं दशैं नभएर दशा भएर आयो । छिमेकी आफूभन्दा निक्कै धेरै उमेरका युवाले उनलाई जबर्जस्ती करणी गरेर हत्या गर्यो । […]
प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको छ । हमास–इजरायल युद्ध शुरु हुनासाथ इजिप्टले सीमा बन्द गरेपछि गाजा क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन । युद्ध शुरु हुनुअघि गाजामा दैनिक पाँच सय ट्रक राहत सामग्री पुग्ने […]
साेलुखुम्बु – साेलुखुम्बुमा भालुकाे आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । भालुकाे आक्रमणबाट माप्यदूधकोशी गाउँपालिका-५ की १३ वर्षीया एन्जल पुडासैनी घाइते भएकी हुन् । उनकाे टाउको, ढाड, कुम, तिघ्रालगायत शरीरका ९ ठाउँमा चोट लागेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनुभयो । माप्य […]
झापा – झापाकाे अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा गएराति ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगर उपचारका क्रममा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताउनु भयाे । ट्रक चालक अर्जुनधारा–२ का […]
काठमाण्डाै – नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ । पाकिस्तान मिलिटरी एकेडेमीमा शनिवार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उहाँले गोल्ड मेडल प्राप्त गर्नुभएको हो । नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएका कडा परिश्रम र समर्पणको […]
काठमाण्डाै – नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले आज खुलाएको बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ तारिखसम्म छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम […]
काठमाडौं – भाइरल टेलरवाली निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत ‘तिमी पनि एक्लै म पनि एक्लै’को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन […]
२०८० कात्तिक ४, काठमाडौं । साहित्यिक पत्रकार सङ्घ (सापस)को आयोजनामा आज यहाँ आयोजित एक कार्यक्रममा उपन्यासकार बिष्णा विरहीको दोस्रो उपन्यास “गरिमा”को लोकार्पण गरियो । प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, समालोचकहरू प्रमोद प्रधान र डा. शान्तिमाया गिरि, उपन्यासकार विरही, सम्पादक विमल भौकाजी लगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो । सङ्घका अध्यक्ष राधेश्याम […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै सांसद जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताउनुभएको हो […]
काठमाण्डाै – जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य पाएकाेमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयाे । जापानका शाेताराे हिरात्सुकाले १५ र किफर यामामाेटाेले १३ रन […]