May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

समाचार

निर्माण व्यवसायीले  सम्झौताअनुरूप गुणस्तरको काम नगरेको प्रधानमन्त्रीको भनाई

निर्माण व्यवसायीले सम्झौताअनुरूप गुणस्तरको काम नगरेको प्रधानमन्त्रीको भनाई

निर्माण व्यवसायीले सम्झौता अनुरुपको गुणस्तरीय काम नगरेकोमा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुनासो गरेका छन् । उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको पनि बताएका छन् । हेटौंडा नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको […]

  • १ महिना अगाडि
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान […]

  • १ महिना अगाडि
कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ

कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ

गुण्डागर्दी फैलाएको आरोपमा कपनबाट एक जना पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेका छन्। गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शंकास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

  • १ महिना अगाडि
पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश

पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र सवारी साधन नचलाउन र शव गाड्न वैकल्पिक स्थान खोज्न आदेश दिएको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको हो । त्यस्तै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने सवारीसाधन नचल्ने सुनिश्चितता गर्न […]

  • १ महिना अगाडि
उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

आसन्न उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपा प्रवेश गरेका पत्रकार मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त भएका छन् । माओवादी केन्द्रमा आवद्ध रहेकाउ नी पार्टीामा राजीनामा नदिईनै रास्वपामा प्रवेश गरेको खुलेको छ । उनी माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए । पार्टीबाट राजीनामा नै नदिई उपचुनाव लड्न अर्को पार्टी प्रवेश […]

  • १ महिना अगाडि
दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो

दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो

आज राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।‘नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ, जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड छ,’ उनले अनलाइनखबरसँग भने । जहाज रातको करिब ३ […]

  • १ महिना अगाडि
ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने

ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने

झापा । ‘रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान’ झापाले आँखा रोगका विशेषज्ञ चिकित्सक सन्दुक रुइतलाई श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/ अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गर्ने भएको छ। आगामी वैशाख ४ गते भद्रपुरमा आयोजना हुने बिशेष समारोहबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले रुइतलाई सम्मानित गर्ने भएका हुन् । ५ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाउने उनी दोश्रो प्रतिभा हुन् […]

  • १ महिना अगाडि
६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण

६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ। अनधिकृत तवरले स्थानीय […]

  • १ महिना अगाडि
तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च

तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च

साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य इतिहासकै उच्च भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २१ सय रुपैयाँले बढ्दा चाँदीमा १५ रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार १ लाख ३० हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको […]

  • १ महिना अगाडि
दुर्गा  प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति

दुर्गा प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्न इजाजत दिएको वा नदिएको भन्ने विषयमा छानबिन गर्न छानबिन समिति बनाएको छ । गृह मन्त्रालयले सो विषयको छानबिनका लागि समिति बनाएको हो । मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति बनाएको छ । मन्त्रालयकै कानुनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई, गृह मन्त्रालयका उपसचिव एकदेव […]

  • १ महिना अगाडि
सिराहामा बाहिरियो एसईई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

सिराहामा बाहिरियो एसईई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

सिरहा । सिरहामा परीक्षा संचालन भएको १० मिनेट नवित्दै एसईई परीक्षाको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो । निजी विद्यालयहरूले फ्लाप बनाउन सक्रिय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल […]

  • १ महिना अगाडि
डाक्टर प्रतिभा मृत भेटिइन्

डाक्टर प्रतिभा मृत भेटिइन्

धादिङ अस्पतलामा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत भेटिएकी हुन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए […]

  • १ महिना अगाडि