काठमाडौं । भक्तपुरमा प्रहरीले साढे ४ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको मंगलटार घर भइ भक्तपुरको मंगलाछे बस्ने २३ वर्षका अभी तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । पाठकका अनुसार बिहीबार राति मंगलाछेमा प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने […]
सिन्धुली । सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् । काठमाडौं […]
काठमाडौं ।। विद्यालय कर्मचारीहरुले बिहीबार काठमाडौं गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किदै थियो सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेको भन्दै ४ जनालाई नियन्त्रणमा लिएको छ विद्यालय कर्मचारीहरुले बिहीबार काठमाडौं गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । तलव वृद्धिलगायतका विभिन्न माग राखेर देशभरका विद्यालय कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन […]
काठमाडौं ।। कलाकारसहित पाँचजना यूट्युबर पक्राउ कलाकार बल्छी ध्रुबे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी) सहित पाँचजना यूट्युवर पक्राउ नेपालमा सट्टेबाजी कानुनविपरीत मानिन्छ एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो उनीहरुले सट्टेबाजमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ वानएक्स बेटमा सक्रिय रहेका तीन कलाकारसहित पाँचजना यूट्युबर पक्राउ परेका छन् । वान […]
विराटनगर ।। अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोप आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ नेविसंघका कार्यकर्ताले निवासमै पुगेर कालोमोसो दलेका थिए ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् । […]
काठमाडौं।। अत्तरखेलस्थित नेपाल मेडिकल कलेज बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना गरिए पनि धितालको ३० जेठमा उपचारको क्रममा मृत्यु भयो ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ। अस्पतालले […]
बुटवल ।। अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादवले मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको वै जनालाई अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहहेको छ अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा […]
काठमाडौं ।। नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल-यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । बैठकका लागि यूएईको सरकारी टोली नेपाल आइसकेको छ । बैठकमा नेपालले यूएईसँग नेपाली श्रमिकले पाउने न्यूनतम तलब वृद्धि गरेर श्रम समझदारी नवीकरण […]
गुल्मी ।। गुल्मीको रेसुङ्गा विमानस्थलबाट सातामा दुई दिन उडान हुने भएको छ । सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो । जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग […]
काठमाडौं ।। विदेश लैजान लागिएको अवैध लागुऔषध चरेससहित प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन नागरिक ६३ वर्षीय पाउल रिस्ट छन् । उनको साथबाट करिब सात केजी चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज […]
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को चुनाव जेठ ३२ गते हुँदैछ । इप्पानको निर्वाचनमा दुइटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । एउटा प्यानलको नेतृत्व गरेका छन् गणेश कार्कीले । कार्कीको प्यानलले पूर्णता पाएको छ । कार्कीको प्यानलबाट अध्यक्षको उम्मेदवार गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षहरू आशिष दुलाल, भरत खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम […]