May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

धान रोपेर जनमतका मन्त्री, सांसदसहित नेताकार्यकर्ताले श्रमदान गरे

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १५:१९
धान रोपेर जनमतका मन्त्री, सांसदसहित नेताकार्यकर्ताले श्रमदान गरे
  • जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक विघा जमिनमा धान रोपिदिए 
  • जनमत पार्टीका नेता कार्यकर्ताद्वारा सामूहिक श्रमदान गरियो 

जनकपुरधाम ।।

जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् । महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो ।

मजदुर अभावका कारण रोपाइँको हुन नसकेको जानकारी प्राप्त भएपछि नेताकार्यकर्ता पुगेर धान रोपिदिएको जनमतका केन्द्रीय उपाध्यक्ष समेत रहेका मधेशका विना विभागीय मन्त्री वसन्त कुशवाहाले बताए ।

 

पूर्व कृषि मन्त्री समेत रहेका कुशवाहा, प्रतिनिधि सभा सदस्य अनिता साह, केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डॉ. श्याम महतो लगायतले धान रोपेका हुन् ।

उनीहरुलाई खेतमा खाजा (जलखई) कृषकले खुवाएका छन् । मन्त्री कुशवाहाले मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको समेत बताए । ‘खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनु पर्छ’ उनले भने ।

 

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।