काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्ष अधिकारीको उपचारका क्रममा आइतबार निधन भएको हो । उनी वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए ।
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। अपरान्ह पछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र […]
चितवन । उप निर्वाचन भएको चितवन –२ मा सर्बदलीय बैठक सुरु भएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ । चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति […]
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । अनेरास्ववियुले भर्ना प्रक्रिया सच्याउनु पर्ने माग गर्दै आयोगको कार्यालयअघि प्रदर्शन पनि गरेको छ । पीजी तहको भर्ना मेरिटोक्रेसीमा गर्नु पर्ने भन्दै अनेरास्ववियुका केन्द्रिय महासचिव नारायण घर्तीले मेरिटोक्रेसीमा भर्ना गर्ने निर्णय नभएसम्म आफूहरुको विरोध कायम […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुर्याउन नसक्ने टिप्पणी गरेका छन् । तत्कालीन नेकपा स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले कम्युनिस्टहरूले वर्ग शत्रु र वर्ग मित्र छुट्याएर सङ्घर्ष गर्नुपर्ने बताए । ‘अहिले भएका वर्गहरूमा कुनचाहिँ शत्रु हो ? कुनचाहिँ मित्र हो ? […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन् । आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहश कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताएका हुन् । उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको बताए । उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका […]
काठमाडौं। सेयर बजारमा दोहोरो अंकले करेक्सन आएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ४ अंकले घटेको छ। २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भयो। आज ३१ हजार ४१५ पटक कारोबार भयो। दोहोरो […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढने बताएका छन्। अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने उल्लेख गरे। नेपाल […]
काठमाडौँ । राष्ट्रियसभाको बैठक आगामी बुधबार बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बुधबार दिउँसो १ बजेर १ बजे बस्ने गरी बैठकको मिति तोकेका हुन् । यसअघि वैशाख ५ गते सूचना टास गरी बैठक स्थगित गरिएको थियो । राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम बैठक निर्धारण भएको संघीय संसद सचिवालयका […]
बारा । चितवन र तनहुँमा भइरहेको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म औसतमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार बारा २ मा ३८ प्रतिशत, चितवन २ मा ४६ प्रतिशत र तनहुँ १ मा ४५ प्रतिशत मत खसेको छ। चितवनको भरतपुर- ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान रोकिएको र बाँकी ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको आयोगका […]
धरान – सप्तकोसी नदीमा डुबेर दाजुभाइसहित तीनजनाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर–१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताए। बाबुको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका झापाको दमक नगरपालिका– ९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र […]