May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

ढाकाकुमार श्रेष्ठको रिटमा आज सुनुवाइ हुँदै

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १२:२५
ढाकाकुमार श्रेष्ठको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद ढाकाकुमार श्रेष्ठले दायर गर्नुभएको रिटमा आज (सोमबार)सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

गत चैत २४ गते श्रेष्ठले आफूमाथि गरिएको कारबाही गैरकानुनी भएको भन्दै सांसदमा पुनर्वहाली गर्नुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दामाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा आज सुनुवाइ हुन लागेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय समिति बैठकले साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाको सिफारिस अनुसार श्रेष्ठको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ । पार्टीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै श्रेष्ठ सर्वोच्च अदालत जानुभएको हो ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।