बुटवल । राष्ट्रपति निर्वाचनले परिवर्तन भएको सत्ता समीकरणका कारण लुम्बिनीमा पनि सरकार परिवर्तन हुन लागेको छ । नेकपा (एमाले)का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले राजीनामा दिएका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका मन्त्रीले मुख्यमन्त्री गिरीसमक्ष राजीनामा दिएको बताए। उनले भने, “हाम्रो दलका मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको छ।” यता नेपाली […]
गुल्मी । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसायीहरु संकटमा परेको बताएका छन्। गुल्मी उद्योग वाणिज्य संघको ३१औँ साधारणसभालाई सम्बोधन गर्दै शर्माले देशमा राजनीतिक स्थिरता नहुँदा व्यवसायीहरू संकटमा परेको उल्लेख गरेका हुन्। राजनीतिक स्थिरता नहुँदा देशको अर्थतन्त्र पनि संकटमा रहेको दाबी गर्दै बैंकको ब्याजसमेत तिर्न नसकेर व्यवसायीहरुलाई समस्या परेको बताएका छन्। देशमा राजनीतिक स्थिरता रहेमा […]
काठमाडौँ । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताएका छन्। आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन्। सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे। उनले समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न […]
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’ प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा […]
धनगढी । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । […]
पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा ट्रिपरलाई पोखरा महानगरले नियन्त्रणमा लिएको छ । फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाको २ वटा जेसिवी र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । पटक पटक आग्रह गर्दा पनि अटेर […]
विराटनगर । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा उहाँहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षी नगद रु २१ हजार एक सय ११, उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल […]
काठमाडौं । सरकारमा सहभागिता र मन्त्री छनोटका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । शनिबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा जाने नेताहरुको विषयमा छलफल हुने एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसको तर्फबाट सत्ता गठबन्धनको बैठकमा जाने नेताहरुले त्यहाँ भएका छलफलबारे ब्रिफिङ गर्ने र पार्टीबाट सरकारमा जाने […]
काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा दिउसोको समयमा चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत फागुनमा धापासी हाइट स्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै ८ लाख मूल्य बराबरको धनमाल चोरी भएको भनी निवेदन प्राप्त भएपछि टोखा प्रहरीले गरेको अनुसन्धानको क्रममा चोरीको आरोपमा दुई […]
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उनले अनलाइनखबरसँग भने, ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धीकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’ कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताए । […]
चितवन / भरतपुर महानगरपालिका-९ केन्द्रीय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रे समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रूपैयाँ र ३ […]
भक्तपुर / भक्तपुरको ताथलीको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका तालथीमा आगलागी भएको हो । आगलागीबाट टहरामा रहेको धनमालहरु नष्ट भएका छन् । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ । स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ । […]