October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १३:0१
माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर

बुटवल । राष्ट्रपति निर्वाचनले परिवर्तन भएको सत्ता समीकरणका कारण लुम्बिनीमा पनि सरकार परिवर्तन हुन लागेको छ ।

नेकपा (एमाले)का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका मन्त्रीले मुख्यमन्त्री गिरीसमक्ष राजीनामा दिएको बताए। उनले भने, “हाम्रो दलका मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको छ।”

यता नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माओवादी तयार भएको छ ।

चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षरसहित सरकार दाबी गर्न जाने बरालले बताए । उनले १ बजे प्रदेश प्रमुखको कार्यालयमा जाने जानकारी दिए ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले सरकारको दाबीमा ५४ जनाले सही गर्ने बताए। उनले कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहितका ५४ सांसद प्रदेश प्रमुखकोमा जाने बताए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्