काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले यूएईलाई दुई सय ४७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले ९ विकेट गुमाएर गुमाएर दुई सय ४६ रनको योगफल तयार गर्यो। पीएनजीका शीर्ष तीन ब्याटरले उत्कृष्ट ब्याटिङ गरे पनि अन्य खेलाडीले त्यसलाई निरन्तरता दिँदा […]
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् । […]
वडाध्यक्ष दीपेन्द्र ओलीले वडामा कानुनविपरीत हुने बालविवाह निषेध गरिसकेको बताए। ‘फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाइने गरी निर्णय गरेका छौं,’ वडाध्यक्ष ओलीले भने। दैलेख। दैलेखको गुराँस गाउँपालिका–८ ले बालविवाह रोकथाम अभियान स्वरूप वडाले वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ। प्रचण्डविरूद्धको रिटको पेशी न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा छ। हिजो (बिहीबार) हुने भनिएको सुनुवाइ समय अभावका कारण हुन सकेको थिएन। द्वन्द्वकालीन घटनाका सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर गरेका छुट्टाछुट्टै […]
काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेल पशुपतिनाथको दर्शन गरेका छन्। शुक्रबार बिहान पौडेल दर्शन गर्न पशुपतिनाथ पुगेका हुन्। पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्।
चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ। शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ। राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए। मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको […]
काठमाडौं । पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व अपरिहार्य रहेको महिला पर्यटन व्यवसायीले औंल्याएका छन्। पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले पोखरा, चितवन र नवलपुरका पर्यटन व्यवसायीसँग ‘व्यावसायिक अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनीहरूले महिलाहरू स्वयम् व्यवसायी बन्नुपर्नेमा जोड दिए। गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष एवम् नवलपुर हुप्सीकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले देशको आर्थिक उन्नतिका लागि पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व […]
काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो । भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी […]
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत […]
काठमाडौं । राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् । राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ । संघीय संसद र प्रदेशसभा सदस्य […]
काठमाडौं ः राष्ट्रपति चयनका लागि मतदान जारी छ। बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। राष्ट्रपतिका दुवै उम्मेदवारले मतदान गरेका छन्। आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्बाङले मतदान गरेका हुन्। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल मल्ल २ रन बनाएर आउट भएका हुन् । उनले ८ बल खेले । कुशललाई पनि पीएनजीका रिले हेकुरेले २०.६ ओभरमा एलेइ नाओबाट क्याचआउट गराएका हुन् । २२ ओभरको खेल सकिँदा […]