काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी विरुद्ध नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् । कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका हाने । आसिफले १६.२ ओभरमा रिले हेकुरेको बलमा छक्का प्रहार गर्दै एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको आठौं अर्धशतक […]
काठमाडौं : राष्ट्रपतिका दुवै उम्मेदवारले मतदान गरेका छन्। आठदलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्बाङले मतदान गरेका हुन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान जारी छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । मतदानमा संघीय […]
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका छन् । राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारसित भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’ चुनौतीबाट […]
काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाज काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ। उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी लालमणि आचार्यले जानकारी दिए। नागरिक उड्यान प्राधिकरणका एक अधिकारीका अनुसार सुरूमा इन्जिनमा आगो […]
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सल्यानको कुमाक गाउँपालिका ६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे मृत्यु भएको हो । सडकमा काम गर्ने […]
काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गरेका छन् । संसद भवन नयाँबानेश्वरस्थित निर्वाचनस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरे । राष्ट्रपति निर्वाचनमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । पौडेलले आफू […]
साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ । कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ । जेठ […]
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसैगरी खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा […]
काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने […]
काठमाडौं। आज बिहानदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाखाशाले जनाएको छ। वर्षाका कारण चिसो महशुस भएको छ। अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले […]
चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र […]
काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रुसको टोली […]