होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत फेला परेका छन्। उनीहरु आइतबारदेखि हराएका थिए। बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने ९ वर्षीया रेखा मगरको शव भेटिएकाे हाे भने मंगलबार सोही ठेगाना बस्ने ६ वर्षका रिदम मगरको शव फेला परेको थियो। रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका-२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा […]
नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (१) मा उम्मेदवारी दिने निर्णय गरेको हो। योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदवार भने नहुने निश्चित भएको छ। अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको […]
झापा । झापाको बुद्धशान्तिमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका- १ का ३४ वर्षीय श्यामसुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला […]
सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थित कोशी लोक मार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजे इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको मे १ ख २७३४ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको को २९ प ४७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी- ५ का […]
काठमाडौं महानगरपालिकाले नौ वटा बोर्ड हराएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ। महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले मंगलबार जिल्ला प्रहरी परिसरमा उजुरी दिँदै अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न अनुरोध गरेका छन्। कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएपछि महानगरपालिकाले उक्त सडक खण्डको विभिन्न नौ स्थानमा बोर्ड राखेको थियो। उक्त बोर्डमा […]
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहकारी पीडितले दिएको उजुरीसहितका विषयमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बैठकमा बोलाएको छ । समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री लामिछानेलाई बोलाइएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबार स्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ […]
बुटवल । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न […]
चितवनको भरतपुरमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मंगलबार दिउँसो दुई बजे बेनीघाटबाट माडी जाँदै गरेको ग१ख ६७३३ नम्बरको बसले बाटो काट्दै गरेको साइकल यात्री भरतपुर महानगरपालिका-२३ जगतपुर चोकका ४८ वर्षीय सूर्य गुरुङलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका गुरुङको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा बुधबार विहान १ बजेर २८ मिनेटमा मृत्यु भएको […]
साताको चौथो दिन बुधबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ। मंगलबारको तुलनामा बुधबार सुन तोलामा चार सय रुपैयाँले बढ्दा चाँदी तोलाको १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन १ लाख २६ हजार २ सय रुपैयाँ […]
रसुवाको केरुङ नाकाहुदै भन्सार छली सुनको तस्करी गरेको आरोपमा प्रहरीले काठमाण्डौबात २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरीका २६ बर्षका सुदिप बि.क. र गोरखा चुमनुब्रीका ३९ बर्षका सोनाम दोर्जे लामालाई गरिएको प्रहरीले जनाएको छ । रसुवाको केरुङ नाकाहुदै भन्सार छली काठमाडौं प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटीएको विशेष अनुसन्धान […]
धनगढी । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू […]
श्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति’ छ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो । पछिल्लो समय नेपालमा रंगमञ्चप्रतिको आकर्षण बढ्दो छ। रङ्गकर्मीका रूपमा उदाएका कलाकार […]