April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नौ वटा बोर्ड हराएको भन्दै महानगरद्वारा प्रहरीमा उजुरी

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १२:४२
नौ वटा बोर्ड हराएको भन्दै महानगरद्वारा प्रहरीमा उजुरी

काठमाडौं महानगरपालिकाले नौ वटा बोर्ड हराएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ।

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले मंगलबार जिल्ला प्रहरी परिसरमा उजुरी दिँदै अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न अनुरोध गरेका छन्। कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएपछि महानगरपालिकाले उक्त सडक खण्डको विभिन्न नौ स्थानमा बोर्ड राखेको थियो। उक्त बोर्डमा चक्रपथ सुधार आयोजनाको दोस्रो फेज(कलंकी-महाराजगञ्ज), चक्रमपथ सुधार आयोजनाको निर्माण जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनीको साथै यो काठमाडौं महानगरपालिका मातहत पर्दैन भनेर उल्लेख गरिएको थियो।

बोर्ड हराएको बारेमा प्रहरीमा उजुरी गरेको जानकारी दिँदै उनले सडक विभाग र चीन सरकारले कुटनीतिक नोट पठाएकोमा समेत असन्तुष्टि प्रकट गरेका छन्।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।