काठमाण्डौ – उच्च अदालत पाटनले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा खाली गराउन काठमाण्डौ महानगरपालिकाको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।महानगरले यसअघि ७ दिनको समय दिएर ललिता निवासको सरकारी जग्गा खाली गर्न निर्देशन दिएको थियो । महानगरले दिएको समयसीमा हिजो १५ गते सकिएको छ । अदालतले भने महानगरसँग सूचना निकाल्नुको कारणसमेत माग गरेको छ […]
पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास […]
धरान । वडाको बजेट संशोधन गर्नेलगायतका निर्णय पारित गर्दै सुनसरीको धरान उपमहानगरपालिकाको १०औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकमा नगरप्रमुख (मेयर) हर्कराज राई, उपप्रमुख आइन्द्रविक्रम बेघा तथा वडाध्यक्षबीच विवाद भएपछि बैठक केही समय रोकिएको थियो । हिजो दिउँसो बसेको बैठकमा सहमति जुटेको हो । कार्यपालिका बैठक सकिएपछि नगरसभा बैठक सुरु भएको छ । कार्यपालिका […]
काठमाडौँ । उच्च अदालत पाटनले व्यवसायी मीनबहादुर गुरुङले ललिता निवासको सरकारी जग्गामा सञ्चालन गरेको भाटभटेनी डेभलपर्स प्रालि तत्काल खाली गराउने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा रहेको भाटभटेनी तत्काल खाली गराउने काठमाडौँ महानगरपालिकाको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो । कम विद्यार्थीहरू भर्ना भएपछि डीनको कार्यालयले पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ ।त्यसका लागि आवेदन फारम आजदेखि फागुन २३ गते राति १२ बजेसम्म […]
काठमाडौँ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स सम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा दर्ता हुने भएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणमा छिटै टुंगोमा पुग्ने जानकारी दिए । यो प्रकरणमा जोडिएकाहरुको बयान लिने काम सकिएको उनले समितिलाई जानकारी गराए । […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर सकिएको छ । झापाको बाहुन डाँगीबाट फागुन ९ गते पदयात्रा शुरु भएको थियो । यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदल यात्रा गरेका छन् । यसक्रममा उनले पाँच जिल्लाका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुँदै पदयात्रा गरेका थिए […]
नेकपा माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष गगन पुरीले जिम्मेवारीबाट राजीनामा दिएका छन् । झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि पुरीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् । झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी […]
झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । ती दुर्घटनामा परी ४२ जना पुरुष, […]
निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् । निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । गत चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच कडा प्रतिस्पर्धा भएको […]
काठमाडौं, १५ फागुन । इन्डियन आइडलमा पाएको सफताबाट चर्चाको शिखरमा रहेकी मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बर्बादी’ सार्वजनिक भएको छ । गायनमा मेनुकालाई सीडी विजय अधिकारीले साथ दिएका छन् । उक्त गीत क्षितिज सापकोटा नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको शब्द क्षितिज सापकोटाको रहेका छ भने विजय अधिकारीको संगीत र संगित […]
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् । मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र […]