सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी टिआरसी विधेयक अन्तिम चरणमा पुगेको कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् । महाशिला गाउँपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री गिरीले यस्तो बताएका हुन । उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत खुलाएका छन् । मन्त्री गिरीले भनेका छन् , “विधेयकमा विभिन्न […]
काठमाडौँ । कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् । कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन् । ‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ’, उनको विज्ञप्तिमा भनिएको छ । माघ […]
आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ। कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो। कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय […]
वैशाख १५ मा हुन गइराखेको उपनिवार्चनमा सत्ता पक्ष र प्रतिपक्षहरुले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरिराखेको बेलामा माओवादी केन्द्र भने उम्मेदवार उठाउने या नउठाउने भन्ने बारेमा अलमलमा देखिएको छ । रिक्त रहेको इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मका […]
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो । ‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ कांग्रेस […]
सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो। आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरण थालेको थियो। आयोगको अध्यक्षमा केशव निरौला थिए भने उपाध्यक्ष नहेन्द्र खड्का थिए। निरौला नेपाली कांग्रेसनिकट हुन् भने खड्का […]
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। सरकारले मालपोत ऐनको प्रयोग गर्दै बाँसबारी छाला जुत्ताको नामबाट निजी कम्पनीको नाममा पुगेको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो। च्याम्पियन्स फुटवेयरहुँदै अहिले चाँदबाग रेसिडेन्सीको नाममा रहेको १० रोपनी जग्गा सरकारको नाममा गर्ने निर्णय मालपोत कार्यालय डिल्लीबजारले गरेको हो। अध्ययनमा सरकारी जग्गा निजी कम्पनीको नाममा […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा (एमाले) नआए पनि मोर्चा कायम रहने बताउनु भएको छ। शुक्रबार उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा (एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनु भएको हो । उहाँले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने औंल्याउनु […]
सरकारको प्रवक्ता रेखा शर्माले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न आवश्यक नभएको बताएकी छिन्। तत्काल प्राप्त प्रमाणको आधारमा संसदीय समिति गठन गर्नु पर्ने नदिएको सरकारको निर्णय रहेको र भोलीका दिनमा थप प्रमाण खुलेमा जोसुकैमाथि छानबिन गर्न पनि सरकार तयार रहेको उनले बताए। यही सरकारले जस्तोसुकै प्रभावशाली व्यक्ति […]
नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ । चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ ।इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो। सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिए। स्वास्थ्य समस्याका कारण नर्भिक […]
पुरुष न्यायधीशहरुले सम्पादन गर्ने काम भन्दा तुलनात्मक रुपमा महिला न्यायधीसहरुले सम्पादन गर्ने काम विवादरहित हुने न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन्। उनले शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पुरुषको तुलनामा महिला न्यायाधीशले हेरेका मुद्दा विवादरहित रहेको बताएका हुन् । कार्यक्रममा उनले भनेका छन् , ‘महिला न्यायाधीशहरूले गर्नुभएको […]