जोरपाटी-साँखु सडक फेरि बन्यो चुनावी मुद्दा ३० असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले आफू निर्वाचित भएमा जोरपाटी-साँखु सडक दुई वर्षभित्र स्तरोन्नती गर्न नसके राजीनामा दिने घोषणा गरेकी छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी ओनसरीले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई उपस्थित गराएर आइतबार उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रम […]
वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो । कथा नेपालले आइतबार भद्रपुरमा ‘मिडिया अन्तक्र्रिया’ कार्यक्रमको आयोजना गरी परियोजनाबारे जानकारी दिएको छ । कथा नेपालका नेशनल को–अर्डिनेटर ताराप्रसाद बडहरियाले विदेशबाट दुःख पाएर फर्किका, ज्ञान–सीप लिएर आएकालाई […]
काठमाडौं : देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरिएकोँे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएर एक जना खेलाडीको मृत्यु भए पछि प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो । अब उडानको […]
समानुपातिक बन्द सूचीमा रहेका ४ सय ३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ। स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ५ गते सम्मको समय दिएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्द सूचीमा समावेश […]
विराटनगर, २९ असोज भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ । तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा […]
झापा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ । निलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रोतो पटीतर्फ गण्डकी प्रदेशका […]
झापा । झापा कारागार भद्रपुरका चौकीदार (नाइके) समूहले अन्य कैदीबन्दीलाई यातना दिनुका साथै अवैध कारोबारको अखडा बन्दै गएको भनी एक जना महिलाले चार महिनाअघि झापाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी एउटा खुलापत्र लेखेकी थिइन्। कारागारबाट छुटेकी इलामकी महिलाले लेखेकी त्यो खुलापत्र सामाजिक सञ्जालमार्फत भाइरल भयो। कैदीबन्दीले भोग्दै आएका दयनीय पीडाबारे त्यस पत्रलाई आधार मानेर सञ्चारमाध्यममा समाचार आयो। […]
वि.सं. २०७९ आश्विन ३० गते आइतवार तदनुसार ई. सं. २०२२ अक्टोबर १६ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे, चन्द्रास्त : दिउँसो १०:४० बजे र चन्द्रोदय : […]
काठमाण्डौ, असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन भएको छ । ललितपुरस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत जोशीको १ सय ३ वर्षको उमेरमा आज बिहान ७ बजेर ९ मिनटमा निधन भएको अस्पतालका निर्देशक डा.सुरज बज्राचार्यले बताउनुभयो । जोशीमा मुटु र प्रोष्टेटसम्बन्धी समस्या थियो । उहाँमा कमजोरी बढेपछि गत असोज ७ […]
घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने […]
रासस झापा । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् । मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा उद्घाटन […]
रोमन आचार्य । झापा । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको केन्द्रमा छ झापा । पाँच निर्वाचन क्षेत्र भएको झापामा ‘हेभिवेट’ नेताहरु चुनावी मैदानमा छन् । विशेषगरी झापा क्षेत्र नम्बर १, ३ र ५ मा चुनावी भिडन्त रोचक हुने निश्चित छ । आइतबार भएको उमेदवारी दर्ताले झापाको चुनावी मौसमलाई तताएको छ । झापा क्षेत्र नम्बर १ कांग्रेस […]