काठमाण्डाै – एसीसी-१९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे मलेसियाको क्वालालम्पुरमा शुरु हुनेछ । नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा यूएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका हुन् […]
काठमाडौं । नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सार्वजनिक सवारी साधन आज निकै न्यून संख्यामा चल्ने भएको दसैँको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क सेवा दिन लागिएको प्रहरीले जनाएको छ । बिहान साढे ८ बजेदेखि अपराह्न ४ […]
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसर पारेर टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले भीआईपीदेखि सर्वासाधारणका लागि राष्ट्रपतिले लगाइदिने टीकाका लागि समय निर्धारण गरेको छ। यसअनुसार आज मंगलबार अपराह्न २ देखि ३ बजेसम्म प्रधानमन्त्री, मन्त्रीदेखि प्रहरी अधिकृतसम्मका लागि समय छुट्याइएको छ भने ३ देखि ५ बजेसम्म सर्वसाधारणले टीका लगाउन पाउनेछन्। विगतमा राजाले यसरी टीका लगाइदिने गरेकोमा […]
काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चौथो जित निकालेको छ । शृङ्खलाअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायो । यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर […]
६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले […]
इरानले गाजापट्टी क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाही रोक्न इरानले इजरायल र अमेरिकालाई चेतावनी दिएकाे हाे । इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहनले सैन्य कारबाही नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका बीबीसीले जनाएको छ । उहाँले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै […]
पाल्पा – पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा बिहान भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् । आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा बिहान ५ बजे लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य […]
काठमाण्डाै – इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीमध्ये चार जनाकाे शव धनगढी लगिएकाे छ । स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल लगिएको नेपाली सेनाले जनाएको छ । आज आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार जना नेपालीकाे शव आइपुगेकाे थियाे । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल आइपुगेकाे हाे । अहिलेसम्म […]
दैलेख – घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाकाे ज्यान गएकाे छ । घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।
पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । ज्यान गुमाउनेकाे परिचय खुल्न बाँकी छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो […]
दसैँमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दसैँमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विनाफ्रिजमा राख्दा बिग्रने डर हुन्छ । फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ । कुनै पनि जन्तुको बधपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमा भएका रौँहरू राम्ररी सफा गरेर […]
पुष्कर भट्ट || कञ्चनपुर, ३ कार्तिक || भन्सार राजस्व चोरी छली तस्करी बिरुद्ध अभियान थालेको गरेको कञ्चनपुर प्रहरीले जिल्लाको पश्चिम उत्तरी क्षेत्रमा एक सीमावर्ती बजारमा मदिरा बेचबिखनको अनुमती नलिई संचालनमा रहेका होटेल तथा मदिरा पसलमा छापा मारेकोे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ९ ब्रम्हदेबको सिद्धनाथ मन्दिर सार्वजनिक परिसरमै रहेका मदिरा पसल तथा […]