May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

दशैंमा मासु कसरी सुरक्षित राख्ने ?

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १५:१७
दशैंमा मासु कसरी सुरक्षित राख्ने ?

दसैँमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दसैँमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विनाफ्रिजमा राख्दा बिग्रने डर हुन्छ । फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ ।

कुनै पनि जन्तुको बधपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमा भएका रौँहरू राम्ररी सफा गरेर मात्र भित्री भाग खोल्न सुरु गर्नुपर्छ । आन्द्राभुँडी नफुट्ने गरी सर्लक्क निकालेर छुट्टै भाडामा सुरक्षित राखेर राम्ररी सफा गर्नुपर्छ । मासुलाई सर्लक्क साँप्रा र अन्य भाग छुट्याएपछि राम्ररी सफा गरेर सुक्खा बनाएर फ्रिजमा राख्नुपर्छ ।

फ्रिजको तापक्रम घटीमा ३ डिग्री सेल्सियस र बढीमा ५ डिग्री सेल्सियस हुनु जरुरी छ । सकेसम्म धेरै मासु बनाएर नराख्ने । फ्रिज नहुनेको हकमा मासुलाई सुक्खा बनाएर काट्ने र मज्जाले तेलमा भुटेर नुन हालेर पानी सुकाएर हावा आउने ठाउँमा जाली या पातलो कपडाले छोपेर राख्न सकिन्छ । आवश्यकताअनुसार अलिअलि पुनः पकाएर खान सकिन्छ । सकेसम्म माछा, कुखुरा खसी–बोका एउटै अचानोमा नकाट्नु राम्रो मानिन्छ । माछा–मासु मिसाएर एउटै अचानोमा काट्दा एक –अर्कामा संक्रमण भई ब्याक्टेरिया फैलिने डर हुन्छ ।

पाकेको मासु र काँचो मासु पनि एउटै अचानोमा काट्नुहुँदैन । काठको अचानोमा काटिएको मासु अन्तर्राष्ट्रिय नियमअनुसार सुरक्षित मानिँदैन र सफा गर्न पनि सहज हुन्न । खुकुरी पनि साबुनपानीले धोएर सुक्खा पारेर सुरक्षित ठाउँमा राख्नुपर्छ । मासु भण्डारण गर्दा काँचो मासु र पाकेको मासु सँगै राख्नुहुँदैन । यदि राख्नैपर्ने भएमा राम्ररी छोपेर काँचो मासु तल्लो तह र पाकेको मासु माथिल्लो तहमा राख्नुपर्छ ।

– काँचो मासुलाई लामो समयसम्म राख्नु छ भने (१८ डिग्रीदेखि २२ डिग्रीसम्मको चिसो भएको डिप फ्रिजमा छोपेर या पोको पारेर मात्र राख्नुपर्छ । कति खाने ? मासु पकाउँदा राम्ररी पाक्नु अत्यन्त जरुरी छ । एकपटक मासु खाँदा १८० देखि २२० ग्रामसम्म मात्र खानु राम्रो हुन्छ । तीनै छाकमा निरन्तर मासु खाँदा शरीर भारी हुने अल्छी लाग्ने हुन्छ । मासुसँगै सागपात तथा सलाद र शाकाहारी परिकार अनिवार्य समावेश गर्नुपर्छ । रातो मासु मात्र खानुभन्दा कुखुरा, माछा मिलाएर खाँदा शरीरलाई फाइदा गर्छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।