काठमाडौं : मिड सोलु हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेसनल हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। मिड सोलु र भगवतीको आईपीओ तथा सुनकोसी हाइड्रोलाई प्राप्ति गरेपछि नेसनलको सेयर नेप्सेमा सूचीकृत भएको हो। मिड सोलुको ७४ लाख ८४ हजार कित्ता र भगवतीको ५७ लाख २० हजार ६ सय ४७ कित्ता […]
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँड गरिएको छ । जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गरिनेछ । हरेक समूहमा एक/एक नाइकेले नेतृत्व गर्नेछन् । […]
मानवशास्त्री डोरबहादुर विष्टको जीवन र कृतिमाथि बनेको वृत्तचित्र ‘कास्ट अवे म्यान’ पोर्चुगलमा प्रदर्शन गरिने भएको छ। केसाङ छेतेनद्वारा निर्देशित वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो। १६ अक्टुबरमा वृत्तचित्र प्रदर्शनीसँगै मानवशास्त्री विष्टको योगदानका विषयमा अन्तरक्रिया हुने महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगरले बताए। अन्तरक्रियामा लेखक वसन्त थापा र निर्देशक छेतेन […]
काठमाडौं– नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेर कैद भुक्तान गरिरहेका गुण्डानाइके रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ। रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवस अवसरमा गत ३ असोजमा रिगललाई […]
फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले उनलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिना नै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । त्यही आधारमा उनीविरुद्ध पक्राउ […]
‘के गर्नु, बच्चा खाना खानै मान्दैन, मोबाइल देखाउँछु । यसैमा भुलेर केही खान्छ। मलाई पनि राहत हुन्छ ।’ पछिल्ला वर्षमा धेरै मानिसले यस्तो भनेको सुन्न सकिन्छ । आजकाल धेरै घरमा बच्चालाई खाना खुवाउन मोबाइलको सहारा लिने गरिन्छ । बच्चा जुनसुकै उमेरको किन नहोस्, खाने बेलामा मोबाइल त चाहिन्छ नै । तर धेरैले के थाहा पाउनुपर्छ […]
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । बिहीबार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो । काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ के.भी. सब स्टेसन स्तरोन्नति गर्ने कार्यका लागि उक्त सब स्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, लाजिम्पाट र पानी पोखरी क्षेत्रमा विद्युत् आपूर्ति […]
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई जितका लागि ३ सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा अलआउट भयो । नेपालका कप्तान देव खनालले शतक बनाए । उनी शतक बनाए लगत्तै आउट भए । देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक […]
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा […]
काठमाण्डौ । ईजरायलमा रहेकी गीतकार नूतन भुसालले ‘कैदी बनाउ मलाई’ गीतको भिडियो सार्वजनिक गरेकी छिन ।संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम ‘नूतन’मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल (Nutan Music) मार्फत रिलिज गरिएको हो । ‘कैदी बनाउ’ ‘गीतमा गायक […]
काठमाण्डाै – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ जानुभएको छ । यसअघि चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन । तर अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेपछि बिहान ४ बजे मात्रै नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा […]
काठमाडौँ, २४ असोज ःसभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे आज जारी गर्नुभएको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गर्नुभएको हो […]