त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान काठमाडौँ । कोभिड-१९ महामारीपछि सोमबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान भएको छ । विमानस्थलका अनुसार सोमबार १ सय अन्तर्राष्ट्रिय ‘फ्लाइट मुभमेन्ट (उडान-अवतरण)को तालिका रहेको थियो । साथै अन्तर्राष्ट्रियमा दैनिक यात्रु चाप १४ हजार ५ सय पुगेको छ । पछिल्ला दिनमा चार्डर्ट उडानको संख्यामा समेत उल्लेख्य वृद्धि भएको […]
विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो […]
विराटनगर । विराटनगरले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल पुग्नका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरपालिका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बीच एम्बुलेन्स सेवाको शुभारम्भ गरेकी छिन् । महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा […]
काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागिता अनि चीन भ्रमणमा भएका सम्झौता र सहमतिबारे पार्टीलाई ‘ब्रिफिङ’ गरेका छन्। उनले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले चीनसँग भएका सम्झौता तथा समझदारी […]
काठमाडों । अपहरणको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो । सोमबारै उनीहरूले काभ्रेका एक बुद्धचित्त मालाका व्यापारीलाई अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । व्यापारीलाई बन्धक बनाएको आरोपमा लामाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका […]
नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी काठमाडौं– बाँके जिल्ला प्रशासनले नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। विगत केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक विवाद देखिँदै आएको थियो। आज बिहान मात्रै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवालाई एकै ठाउँ राखेर सर्वपक्षीय बैठक बसालेको थियो केही घन्टाअघि नेपालगञ्जमा सद्भाव र्याली […]
नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने काठमाडौँ । नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम […]
सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट असोज १६ गते सशस्त्र प्रहरीले करीव ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले उल्लेखित मुल्यको ७८ पोका लत्ताकपडा बरामद […]
हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका- २ का ३८ वर्षीय निरञ्जन देवकोटा त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। सोमबार साँझ करिब साढे ६ बजेतिर गजुरी गाउँपालिका– ५ घाटबेँसीस्थित पुलबाट नदीमा हाम फालेका थिए। मोटरसाइकलमा आएका देवकोटाले मोटरसाइकल पुलको बीच भागमा रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। देवकोटाले […]
वीरगन्ज / नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ। वीरगन्ज महानगरपालिका– २४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशुविज्ञान र कृषि संकायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकहरूले थुनेर राखेको घटना सार्वजनिक भएको हो। पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरूलाई कुटपिट गर्नाका साथै […]
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा […]
ब्राजिल / गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुई वटा मृत डल्फिन फेला परेको जनाएको […]