>राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन अस्पताल नपुर्याउँदै उनको निधन काठमाडौं- राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ। कानुन महाशाखाका सहसचिव कार्कीको आज बिहान निधन भएको हो। कार्कीलाई आजै बिहान ७ बजेतिर नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्याउँदै उनको निधन भइसकेको बताइएको छ। केही महिना अघिमात्र उनी राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा भएका थिए। […]
युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढे पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढेका छन् । जसअनुसार नेदरल्याण्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ । नेदरल्याण्ड्सको रोटरडम शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीनजना मारिएका छन् । मारिनेमा ३९ वर्षीया महिला, उनी १४ वर्षकी छोरी र ४३ वर्षीय एक प्राध्यापक […]
झापा : झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका- ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक ७ […]
चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै काठमाण्डाै – आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ । आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् […]
काठमाण्डाै – आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ […]
असोज ११, काठमाडौं । वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवाद एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का काेषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण गर्यो । संस्था अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, […]
मेष– व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । वृष– आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । […]
काठमाडौंको गौशालास्थित पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत अवस्थामा भेटिएका छन्। आन्ध्र प्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।
काठमाडौं, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको हो । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लागाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध सालिक अगाडि रोकिएका थिए । बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना […]
काठमाडौं, असोज ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ । चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्डले बिहीबार मानसरोवर अवलोकन गर्नुभएको हो । साथै उहाँले कैलाश पर्वतको पनि अवलोकन गर्नुभएको छ । बुधबार ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो । […]
गायिका तथा साहित्यकार कमला रिसालले आफ्नै शब्द संगीत तथा आवाजमा लोक पप गीत (मेरो हजुर) गीतको भिडियो आफ्नै अफिसियल यूट्यूब च्यानल Kamala Risal बाट सार्वजनिक गरेकी छन् । बहुप्रतिभाकी धनि गायिका साहित्यकार कमला रिसालले उक्त गीतमा शब्द पनि आफै लेखेकी हुन् भने, संगीत पनि आफै गरेकी छन् । गीत एकदम रमाईलो नाचम नाचम टाईपकोछ । […]
काठमाडौँ, ११ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गर्नुभएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान ३ बजे दोहा प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँका विभिन्न नेपाली […]