April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १४:४६
राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान

काठमाडौँ, ११ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गर्नुभएको छ ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान ३ बजे दोहा प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँका विभिन्न नेपाली सङ्घ संस्था एवं नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने, नेपाली श्रमिकको समस्याबारे जानकारी लिने, राजदूतावास कार्यालयका अधिकारीसँग विविध विषयमा छलफल गर्नाका साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने तय भएको छ ।

यसैगरी अध्यक्ष लिङदेन नेतृत्वको कतार भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीका केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी हुनुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुभएको सो पार्टीले जनाएको छ । उहाँ यही असोज १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।