काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएकाे छ । राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उहाँले बहिनीहरूबाट टीका लगाउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधवार बिहान १० बजेर ५१ मिनेटका लागि […]
काठमाडौं । जनकपुरबाट भारतको जयनगरका लागि छुटेको नेपाली रेलको लिकमा किचिएर एक भारतीय नागिरकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे धनुषाको बैदेही स्टेसनबाट करिब पाँच सय मिटर पूर्वमा रेलको लिकमा किचिएर जयनगर बेलहियाका ६० वर्षीय विन्देश्वर दासको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । रेलको […]
धादिङ । नेपाल संवत् धादिङमा पनि सबै समुदायका मानिस जम्मा भएर धुमधामसँग मनाएका छन् । सदरमुकाम धादिङबेंसी आसपास बसोबास गर्ने नेवार समुदायका साथै विभिन्न जातजातिका मानिसहरु भेला भएर परम्परागत वेशभूषा र धर्म-संस्कृति झल्कने गरी झाँकीसहित नेपाल संवत् ११४४ मनाएका हुन् । हरेक वर्षको तिहारको चौथो दिन पर्ने नेपाल संवत्को नयाँ वर्ष नेवार समुदायले मात्र मनाउँदै […]
काठमाडौँ । डेटिङमा जानुअघि कसै कसैलाई निकै टेन्सन हुन्छ । नयाँ मान्छेलाई भेट्दा संकोच हुनु त सामान्यै भइहाल्यो । यस्तो बेलामा कसैलाई तनाव पनि हुन सक्छ । यो पनि सामान्य नै हो । तर कसै कसैलाई चाँहि डेटिङ भन्ने बित्तिकै डर र चिन्ताले छोप्छ । डरकै कारण सम्बन्ध सुरु गर्नुअघि नै डेटिङको प्लान नै क्यान्सिल […]
भरतपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन्। इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई-दुई ब्ल्याङकेट वितरण गरेका हुन्। सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भने। ‘चेपाङ समुदाय […]
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुनः बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ । दिल्लीको एक्यूआई पाँच सयभन्दा माथि पुगेको छ । अघिल्लो हप्ता पनि प्रदूषण बढेर विद्यालय बन्द गर्नुका साथै गाडीमा […]
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई ‘लगभग एउटा चिहान’ भनेर वर्णन गरेको छ। गाजाको उत्तरी क्षेत्रमा अवस्थित अल-शिफा अस्पताल – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले सुरुङहरूमा कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको जोड दिँदै केही दिनदेखि युद्धलाई तीव्र बनाइरहेको छ। हमास र अस्पतालले भने यसलाई अस्वीकार गर्दै आएका छन्। डब्ल्यूएचओका प्रवक्ता […]
काठमाण्डाै – काठमाण्डाैकाे माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक इलाम घर भइ काठमाण्डाै महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुवेदीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको […]
काठमाण्डाै – आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नु भएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय […]
गोदावरी (कैलाली), कात्तिक २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका युवा तथा खेलकूद विषयगत मन्त्रालय सम्हालिरहनुभएका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले यस्तो बताउनुभएको हो । नेपाललाई टी–२० विश्वकपमा पुर्याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार मन्त्रlपरिषद| बैठकले दीपेन्द्रसिंह ऐरी, विनोद […]
काठमाडौं- गाजाको अल-शिफा अस्पतालमा उपचार भइरहेको दर्जनौं शिशुहरूलाई सुरक्षित रूपमा सार्न नसकिने सहयोगी संगठनले जनाएको छ। इजरायली सेनाले नवजात शिशुहरूलाई ‘सुरक्षित अस्पताल’ मा सार्न मद्दत गर्ने प्रस्ताव गरेको दोहोर्याएपछि प्यालेस्टिनीहरूको लागि चिकित्सा सहायता संस्थाले नवजात बिरामी शिशुहरूको आवागमन ‘जटिल र प्राविधिक प्रक्रिया’ भएको बताएका छन्। आइतबारको एक विज्ञप्ति जारी गर्दै सहायता संगठनका सीईओ, मेलानी वार्डले […]
काठमाडौं- उत्तराखण्डको यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको सुरुङ भत्किँदा काम गरिरहेका ३६ जना मजदुर फसेका छन्। मजदुरको उद्धार कार्य जारी रहेको छ। यो सुरुङ उत्तरकाशी जिल्लाको सिल्कियारा र डण्डलगाउँ जोड्न निर्माण भइरहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्री पुष्कर धामीलाई फोन गरी उद्धार कार्यको जानकारी लिएका थिए। सुरुङमा फसेका मजदुरहरु सकुशल रहेको अधिकारीहरुले बताएका छन्। […]