July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० 0९:0४
गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई ‘लगभग एउटा चिहान’ भनेर वर्णन गरेको छ।

गाजाको उत्तरी क्षेत्रमा अवस्थित अल-शिफा अस्पताल – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले सुरुङहरूमा कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको जोड दिँदै केही दिनदेखि युद्धलाई तीव्र बनाइरहेको छ। हमास र अस्पतालले भने यसलाई अस्वीकार गर्दै आएका छन्।

डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले करिब ६०० व्यक्ति अस्पतालमा रहेको र अरूले हलवेमा आश्रय लिएको बताए।

उनले भने, ‘अस्पताल वरिपरि शव राखिएको छ, जसलाई हेरचाह गर्न सकिँदैन, गाड्न वा कुनै किसिमको शवगृहमा लैजान पनि पाइँदैन। अस्पतालले चाहिएको भन्दा बढी काम गरिरहेको छैन। यो लगभग एक चिहान हो।’

अस्पतालमा शव थुप्रिएको र कुहिएको पनि चिकित्सकहरुले बताएका छन् ।

डाक्टर मोहम्मद अबु सेल्मियाले पनि बीबीसीलाई भने कि इजरायली अधिकारीहरूले अझै पनि कुहिएको शवलाई अस्पतालबाट गाड्न अनुमति नदिएकोले अहिले कुकुरहरू अस्पतालको मैदानमा प्रवेश गरी शवहरु खान थालेका छन्।

बिजुलीको कटौतीका कारण अब आफ्नो इन्क्यूबेटरमा बस्न नसक्ने दर्जनौं समयपूर्व जन्मिएका बच्चाहरूको भाग्यको बारेमा पनि चिन्ता छ। सेल्मियाले तीमध्ये सात बच्चाको अक्सिजनको अभावमा मृत्यु भएको बताइन्।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० 0९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्