काठमाडौं। नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको छ। यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको हो। फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को […]
काठमाडौं। आफूले समर्थन गरेर प्रधानमन्त्री बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दलीय गठबन्धनलाई तोड्दै पुरानै गठबन्धन ब्युँताएपछि केन्द्रदेखि प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन्। यसअघि पुस १० गते बनेको सात दलीय गठबन्धनअनुसार बनेका प्रदेश सरकारहरू संघमा नयाँ गठबन्धन बनेसँगै फेरबदल हुने देखिएको हो। हाल तीन वटा प्रदेशमा एमाले, दुई वटामा माओवादी र […]
काठमाडाैँ – विभिन्न भन्सार नाकामा तीन हजारभन्दा बढी गाडी रोकिएको व्यवसायीले बताएका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ (अटो लोन) स्वीकृत नगर्दा गाडी नाकामै रोकिएको गाडी व्यवसायीले बताए। देशमा तरलता अभाव तथा अटो लोनमा कडाइका कारण गाडी नाकामै थन्किएको उनीहरूको भनाइ छ। नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भन्सार नाकामा […]
बिर्तामोडको मुक्ति चौकमा गत मङ्गलवार आत्मदाहको प्रयास गरेका बिर्तामोड- ७ का ३४ वर्षीय विजय चौधरीले आफूले दुर्गा प्रसाईँका लागि आत्मदाह गरेको बयान दिएका छन् । प्रहरीले बयान लिने क्रममा उनले बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईँले सञ्चालन गरेको ‘नागरिक बचाउ महाअभियान’का लागि समेत आफूले आफ्नो शरीरमा आगो लगाएको कुरा बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले […]
आगलागी घटनामा परी पाँचथरको हिलिहाङ गाउँपालिका– ७ भारपामा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शरण पन्धाकका ५ वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन् । हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्धाकको घरमा शुक्रबार दिउँसो २ बजे भएको आगलागीमा उनीहरूको ज्यान गएको हो । मृत्यु भएका खाती सोही […]
काठमाडौं । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् । शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक […]
चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले साँझ ५ बजे फेरि बैठक गर्ने भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठकले साँझ पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति गरेका हुन्। ‘यसबीचमा हामी आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्छौं,’ बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले भने।
काठमाडौंः नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। राष्ट्रपतिका उम्मेदवारको मनोनय दर्ताको दिन भोलि नै रहेकाले एमाले सचिवालय बैठकले उम्मेदवार तय गर्नेछ। बैठकबारे जानकारी दिँदै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ’पार्टीको सचिवालय बैठक भोलि बिहान ९ बजेलाई बोलाइएको छ। बैठकका एजेण्डाबारे केही जानकारी दिएको छैन।’ नेकपा एमालेले […]
फागुन ९ गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाकाे कर्यालय नजिकै प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको अवसरमा विधालय स्तरिय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा निणर्य पुर्बाग्राहि रुपमा मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध समेत भएको छ । निर्णायक टिममा गैर मैथली र थारु भएकाले भाव नबुझी पहिलो र दोस्रो हुनेलाई तेस्रो चौथो […]
काठमाडौँ। नेपाल प्रहरी प्रधानले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो। गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ। सन्तोषजनक […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा […]
झापा – झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोड मुक्तिचोकमा बिर्तामोड–७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय झापाले बताएको छ । उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले बताए । ति पुरुष जलिरहेको अवस्थामा उद्धार गरिएको थियो । उनको ढाडको […]