काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ । पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ । सो बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए […]
सत्तारूढ दलले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेको छ। सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने बताएका हुन्। ‘विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइनेछ,’ उनले भने।
काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए । पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए । न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए ।
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पाँच वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन्। पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ दिँदै उनले उनले भने, ‘नव नियुक्त […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन्। संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे। ‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई […]
खगेन्द्र घिमिरे , काठमाडौं । मेचीनगर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई आज बाट नियमित कामकाजमा फर्किदै छ । चर्को विवाद का बिच पूर्न मेचीनगरमै फर्किनु भएका चम्लागाइ केही समय पछि नगरपालिका हाजिर हुदैछन् । तर जनप्रतिनिधि,कार्यपालिका सदस्यहरुले उनलाइ काम गर्न रोक्ने योजना बनाएको स्रोतले बताएको छ । गैर कानूनी रुपमा आफुलाइ रोक्न खोजेर […]
काठमाडौं । मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिन-रात बिताइरहेका छन् । ज्यादतीविरुद्ध बोल्दा कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु एक सातादेखि अलपत्र परेका हुन् । कम्पनीबाट निकालेर एक भवनको अनकन्टार कोठामा लगेर छाडेका म्यानपावर कम्पनीका एजेन्टले उनीहरुलाई कोठा बाहिर ननिस्कन […]
सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो। शनिबार राति १२ बजे उपचारको क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने मिति आउनै लाग्दा यसको मुखैमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुसँग ‘सिंगल–सिंगल’ भेट गरेका छन्। पूर्वराजाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेलगत्तै राप्रपाका अरु सांसदहरुसँग पनि छुट्टाछुट्टै भेट गरेका हुन्। पूर्वराजाले अध्यक्ष लिङदेनसँग भेटेको कुरा आधिकारिक रुपमा सार्वजनिक गरिएको भए पनि अन्य सांसदहरुसँग छुट्टाछुट्टै भेटेको […]
काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)ले वाम दलहरुबीच एकताको पहल गर्नका लागि ‘वार्ता टोली’ गठन गर्दै छ । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि आज आइतबार वार्ता टोली गठन गर्न लागेकाे हाे। गठनका लागि आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर, तिनकुनेमा राजनीतिक समितिको बैठक बस्दै छ। ‘वाम एकता’का […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले गठबन्धनको स्थायीत्वमा विश्वास गर्न सकिने अवस्था नभएको बताएका हुन् । ‘एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न […]