April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

छात्राको मृत्युपछि सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ १६:३१
छात्राको मृत्युपछि सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।

शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो।

शनिबार राति १२ बजे उपचारको क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए।

छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन्। आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी नारावाजी समेत गरेका थिए। आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरवितर बनाउन तीन सेल अश्रु ग्यास र पाँच राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए।

गत शुक्रबार सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए।

स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचार नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पुर्‍याएकाले समयमै उपचार हुन नसकेको उनले बताए।

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट