काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा परीक्षणका लागि चिप राख्न अनुमति पाएको छ । कम्पनीले शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति पाएको जनाएको हो । मस्तिष्कमा कम्प्युटरसँग अन्तरक्रिया गर्न सक्ने चिप राखेर पक्षघात भएका मानिसलाई हिँड्न सक्ने बनाउने गरी कम्पनीले काम गरिरहेको छ । कठोर खालको पक्षघात क्वाड्रिप्लेजिया भएका मानिसहरूलाई […]
काठमाडौं । स्मार्ट टेलिकम प्रालिको सबै सम्पत्ति नियन्त्रणमा लिएको सरकारले व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने दायित्व भने स्मार्ट टेलिकम प्रालिकै हुने जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरेर संस्था र सर्वसाधारण व्यक्तिलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने बक्यौता स्मार्ट टेलिकमकै दायित्वमा पर्ने जनाएको हो । नवीकरण दस्तुरसहितको राजस्व समयमै नतिरेपछि सरकारले स्मार्ट टेलिकमको लाइसेन्स […]
रसुवा : रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन्। शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ […]
काठमाडौं । एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेयता ट्विटरमा निरन्तर व्यापक परिवर्तन हुँदै आएको छ । यसबीच बिहीबार कम्पनीका मालिक मस्कले एक नयाँ फिचर थप गरेको घोषणा गरे । मस्कका अनुसार अब ट्विटरमा भेरिफाइड भएका अथवा ब्लू टिकमार्क पाएका प्रयोगर्ताले दुई घण्टा लामो (आठ जीबी) सम्मको भिडियो अपलोड गर्न पाउनेछन् । पैसा तिरेर […]
काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन […]
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्दै देशभरि प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघर र नक्सालमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी, डा. गोविन्द केसी, सांसद सुमना श्रेष्ठलगायत सहभागी भएका थिए। प्रदर्शनमा उनीहरू स्वस्फुर्त रूपमा सहभागी भएका थिए। उनीहरूले […]
३० वैशाख, म्याग्दी । धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए । ‘गत असोज […]
नेताहरुमा शिलान्यास मोह कस्तो हुन्छ र नेताले जे गरेपनि भेडा कार्यकर्ताहरुले ताली पड्काउन कति माहिर हुन्छन् त्यसको नमूना सोमवार प्रदेश १ स्थित सुनसरीको इनरुवामा देखिएको छ । सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको शिलान्यास इच्छा पुरा गर्न सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर […]
झापा ।। काँकरभिट्टामा घुमुवा परिचालित सशस्त्रको उठन्ती चलेको लामो समय भयो । तर आतंक मच्चाउँदै अवैध असुली चलाउँदै का घुमुवा प्रहरीलाइ कारवाही गर्नुको सट्टा केन्द्र सम्मले संरक्षण दिइरहेको छ । सशस्त्र प्रहरी बलमा राजु अर्याल महानिरीक्षक भएपछि देशव्यापी रूपमा नै एउटा परिपत्र गरियो कि बिशेष व्युरो बाहेक अन्य कुनै पनि मातहतका कार्यालयले सिभिलमा घुमुवा परिचालन […]
बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने भएको छ। यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आग्रह गरेको छ। सुरूमा बैंककै गुनासो शाखामा गुनासो राख्न र […]
विराटनगर जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य […]
चितवन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए । झण्डै डेढ वर्षदेखि रकम […]