April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ?

शसस्त्रका घुमुवा रामलाई साठ्ठीबिघाका व्यापारीले दिए राम धुलाइ !

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० 0८:४४
शसस्त्रका घुमुवा रामलाई साठ्ठीबिघाका व्यापारीले दिए राम धुलाइ !

झापा ।।

काँकरभिट्टामा घुमुवा परिचालित सशस्त्रको उठन्ती चलेको लामो समय भयो । तर आतंक मच्चाउँदै अवैध असुली चलाउँदै का घुमुवा प्रहरीलाइ कारवाही गर्नुको सट्टा केन्द्र सम्मले संरक्षण दिइरहेको छ ।
सशस्त्र प्रहरी बलमा राजु अर्याल महानिरीक्षक भएपछि देशव्यापी रूपमा नै एउटा परिपत्र गरियो कि बिशेष व्युरो बाहेक अन्य कुनै पनि मातहतका कार्यालयले सिभिलमा घुमुवा परिचालन गर्न पाइने छैन ।
तर त्यो परिपत्रको धज्जी उडाउदै झापामा सादा पोशाकका घुमुवाहरूले खुलेयाम तस्कर र व्यापारीबाट रकम असुलीको कामहरू गरिरहेका छन । तर जिल्ला प्रमुखको संरक्षणमै अराजक गतिबिधीमा संलग्न घुमुवा परिचालित भइरहेका छन ।
झापाका सशस्त्र एसपी र काँकरभिट्टा इन्सपेक्टरको नाम बेचेर पूर्वी नाका काकँरभिट्टा सशस्त्र प्रहरी जवान रामवहादुर तामाङले खुलेयाम असुली धन्दा चलाउँदै आएका थिए । उनलाई कारवाही गर्नुको सट्टा नाकामा सरक्षण गरेर राख्दा फेरि अर्को काण्ड मच्चिएको छ । काँकरभिट्टा स्थित बिओपी बाट सादा पोशाकमा घुमुवाको रूपमा परिचालन छन यिनी । त्यति मात्रै होइन घुमुवा रामले व्यापारी र तस्करहरू सँग असुल्ने रकम माथि नभन्न भन्दै दवाव दिने र पैसा दिएको केही दिनमै सामान समात्ने गरेका छन ।
यो बिषयमा काँकरभिट्टाका डिएसपी जिल्लाका एसपी कोशी प्रदेशका डिआइजीलाइ थाहा नभएको पनि होइन तर पटक पटक बिबादमा आएका घुमुवा किन संरक्षण गर्छन प्रश्न उत्पन्न भएको छ । यिनै घुमुवालाइ आज मेचीनगर ६ साठ्ठीबिघाका व्यापारीहरुले राम धुलाइ हानेका छन । व्यापारीको सामान बाटो छेकेर जवरजस्ती खोस्न खोज्दा आफ्नो सामान र ज्यानको सुरक्षाको लागि उनीहरु भगेका थिए । भाग्ने क्रममा महिला व्यापारी माथि जवरजस्ती सामान खोस्न खोज्दा उनीहरुले प्रतिकार गरेको बताउँछन । केही समय साठ्ठीबिघा क्षेत्र तनावग्रस्त बनेको थियो ।
यस बिषयमा सशस्त्र प्रहरी काँकरभ्टिाका प्रमुख सम्पर्क सम्पर्क गर्दा कल उठ्न सकेन् । आर्थिक लेनदेन , उठन्ती र घुमुवा परिचालन गर्ने सबै अधिकार सशस्त्र प्रहरीको माथिल्लो क्षेत्रबाट आएको आदेश झै गरेर नाकामा राज्य चलाइरहेका छन । यस बिषयमा भखरै पूर्व क्षेत्रमा डिआइजी भएर आएका प्रमुख , झापाका एसपी लाई जानकारी नभएको पनि होइन तर अनुसन्धान नगर्दा उनी नाकामा डन झै भइरहेका स्रोत बताउँछ ।
रकम उठाइ कमाउ धन्दा चलाउँने प्रहरीका रुपमा बिगतमा समेत विवादमा आएका जवानलाइ सशस्त्र प्रहरी सरक्षण गर्नुको पछाडीको रहस्य माथि प्रश्न गर्न सकिन्छ । व्यापारीसँग पैसा उठाउनकै लागि नाकामा प्रहरीलाई सिविलमा हिनाउने र माथिल्लो निकायबाट संरक्षण हुदा हाकिमकै लागि पैसा उठाउने भएपछि उनिहरुले जहिल्यै पनि उन्मुक्ति पाइरहेको तितो यर्थाथ छ । #श्रोत अनुसन्धान अनलाइन

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० 0८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।