काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती सोमबार तनावग्रस्त देखियो । बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडपको स्थिति पैदा भयो । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि त्यहाँबस्नेहरुले ढुंगामुढा गरे । त्यति मात्रै होइन उनीहरुले गृहमन्त्री र काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध चर्को नाराबाजी पनि गरिरहे । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै […]
झापा ।। सामाजिक संघ संस्थााहरुमा फराकिलो परिचय बनाएका छन्, मेचीनगर–६ का युवा नेता गोपाल तामाङले । झापा क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका तामाङ यो भेगमा लोकप्रिय नेता मानिन्छन् । दर्जन बढी सामाजिक एवम् राजनीतिक संघसंस्थाको नेतृत्वमा सफलता हासिल गरेका उनी मंसिर ४ मा हुने निर्वाचनको आशा र भरोसा गरिएका धेरै […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा […]
झापा । झापा कारागार भद्रपुरका चौकीदार (नाइके) समूहले अन्य कैदीबन्दीलाई यातना दिनुका साथै अवैध कारोबारको अखडा बन्दै गएको भनी एक जना महिलाले चार महिनाअघि झापाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी एउटा खुलापत्र लेखेकी थिइन्। कारागारबाट छुटेकी इलामकी महिलाले लेखेकी त्यो खुलापत्र सामाजिक सञ्जालमार्फत भाइरल भयो। कैदीबन्दीले भोग्दै आएका दयनीय पीडाबारे त्यस पत्रलाई आधार मानेर सञ्चारमाध्यममा समाचार आयो। […]
झापा । अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो । मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुवै […]
काठमाडौं । ठूला भनिएका हरेक पार्टीमा टिकटका लागि हानाथाप चल्यो । विगतमा जस्तै यो चुनावमा पनि टिकट नपाएकै कारण वर्षौंसम्म आफू आवद्ध भएको पार्टी रातारात छाडेर अर्को पार्टीमा पुगेर टिकट लिनेहरु पनि देखिए । तर नेकपा एमालेका नेता प्रभु साहले भने पार्टीले दिएको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिए । साहले जनता समाजवादी पार्टीसँग चुनावी […]
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का २२ जनालाई पत्रकारलाई हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघ र पेशागत पत्रकार संगठनहरुले विरोध जनाएका छन् । लामो समयदेखि कार्यरत करार र ज्यालादारीमा कार्यरत पत्रकारहरुलाई आउँदो कात्तिक १ गतेदेखि हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पत्रकारका नेताहरुसहित संयुक्त बैठक बसेको थियो । बैठकले पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा […]