sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:३९
नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा

काठमाडौं : सत्तारुढ नेकपाका दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि सफल हुन सकेको छैन । शुक्रबार दिनभर नेताहरुले सहमतिको लागि प्रयास गरे पनि दुवै पक्ष आ-आफ्नै अडानमा छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक स्थगित गरेर अनौपचारिक छलफलबाट सहमति खोज्नुपर्ने पक्षमा हुनुहुन्छ । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष भने बैठकबाटै टुङ्ग्याउनुपर्ने अडानमा छन् । सहमति जुटाउन र आवश्यक तयारी गर्न भन्दै तीन दिनको लागि स्थगित भएको सचिवालय बैठक शनिबार बस्दै छ ।

बुधबारको सचिवालय बैठकमा ओली अनुपस्थित हुनुहुन्थ्यो । ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्दै बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो । तर शनिबारको बैठकमा पनि ओली उपस्थित हुने, नहुने टुंगो लागेको छैन ।

ओलीले बैठक स्थगित गरेर अनौपचारिक छलफलमा जोड दिनुभएको छ भने प्रचण्ड-नेपाल समूह शनिबारको सचिवालय बैठकमार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा छ । ओली निकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत-अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने भएकाले संवादबाट सहमति खाेज्न आग्रह गरेका छन् ।

तर, प्रचण्डले भने बैठकबाटै सहमति खोज्नुपर्ने बताउनुभएको छ । सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले शुक्रबार र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।

उनीहरूले केही दिन बैठक रोकेर छलफलमा बस्न प्रस्ताव गरेका थिए । दुई अध्यक्षले सँगै बसेर छलफल गर्दा दुई छुट्टाछुट्टै प्रस्ताव थाती राखेर साझा प्रस्ताव ल्याउने अवस्था बन्ने र भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्ने नै संकट समाधानको विकल्प हुने ओली निकट नेताहरुको भनाइ थियो । तर, प्रचण्डले भने ओलीले साँच्चै सहमति खोजेको हो भने सचिवालय बैठकमा उपस्थित हुनुपर्ने जवाफ दिनुभएको थियो । प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने र माफी मागेपछि मात्रै बैठकको औचित्य हुने ओलीको अडान छ ।

ओलीले सङ्क्रमणकालीन कमिटीबाट बहुमत-अल्पमतका आधारमा निर्णय हुन नसक्ने मत पनि राख्नुभएको छ । प्रचण्ड-नेपाल पक्षले भने दुवै अध्यक्षको प्रतिवेदनलाई कमिटीमै छलफल गरेर अगाडि बढ्ने अडान लिएका छन् । कमिटीले गर्ने जुनसुकै निर्णय ओलीले मान्नुपर्ने उनीहरूको अडान छ ।

ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छोड्नुपर्ने पनि उनीहरुको अडान छ । बुधबारको सचिवालय बैठकले पार्टीमा उत्पन्न विवाद समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।
साभार :- उज्यालो

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid