April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

नबोलेको कुरा बेलुन जसरी फुलाएर हुनेवाला केही छैन : प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १५:५३
नबोलेको कुरा बेलुन जसरी फुलाएर हुनेवाला केही छैन : प्रधानमन्त्री
  • नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ।
  • मैले त्यो अभिव्यक्ति दिएकै छैन : प्रधानमन्त्री 

काठमाडौं।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गरेका छन् । यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उनले त्यसबाट केही नहुने बताए ।

असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको बताएका थिए । उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् । आफ्नो आलोचना भइरहेको बेला आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रष्टीकरणको शैलीमा प्रचण्डले आफूले त्यो कुरा नबोलेको जिकीर गरे ।

उनले भने, ‘आज म सुन्दैछु एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको । उनले बोलेको कुरा मैले बोलेको । मेरो कुरा होइन । उनले बोलेको मैले भने उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ ? कहिले दिल्ली, कहिले नेपालको पार्टीहरुसँग छलफलमा लाग्नुहुन्थ्यो ।’

उक्त अभिव्यक्तिलाई उचालेर बबण्डर गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट प्रतिपक्षी कति विक्षिप्त छ भन्ने देखिएको टिप्पणी गरे । ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले थपे, ‘त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं ।’

 

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट