March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे उपेन्द्र र महन्थ भेटवार्ता : होला त पार्टी एकीकरण ? डा. सिके राउतको चुनौतिपूर्ण भाषणले हल्लाएको यादवको सम्राज्य

नेकपाको सचिवालय बैठक आज बस्दै

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ ११:३६
नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ। तर दुई अध्यक्ष आ–आफ्नै अडानमा रहेका कारण बैठक कसरी अघि बढ्छ भन्ने अन्यौल कायमै देखिएको छ।

यसअघि, मंसिर १७ गतेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले बैठक आज बस्ने गरी स्थगित गरेका थिए। तर हिजो शुक्रबार र अस्ति बिहीबार भएका विभिन्न अनौपचारिक भेटघाटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू निकटका नेताहरुसँग आजको बैठकमा पनि उपस्थित नहुने संकेत गरेका छन्।

१७ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने भनिएको थियो। शुक्रबार सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखेरलले अध्यक्ष प्रचण्डलाई भेटेर आजको बैठक स्थगित गर्न र त्यसअघि दुई अध्यक्षबचि सहमति गर्न आग्रह गरेका थिए। तर, अध्यक्ष प्रचण्डले बालुवाटारको सन्देश बोकेर आएका पोखरेलसहित महासचिव विष्णु पौडेल र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बैठकबाटै सबै कुराको छिनोफानो गर्ने जवाफ दिएको उनको सचिवालयले जनाएको छ।

 

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट