April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पशुपतिनाथ क्षमा माग्दै ‘भष्मे डन’ टिम

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १४:४४
पशुपतिनाथ क्षमा माग्दै ‘भष्मे डन’ टिम
  • पशुपतिनाथ मन्दिरमा क्षमा पूजा 
  • कुनै क्षति नहोस् भनेर क्षमा पूजा गर्ने चलन
  • ‘भष्मे डन’ फूलपातीका दिन रिलिज हुँदै

काठमाडौं ।।

चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’को निर्माण पक्षले सोमबार साँझ पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेको छ । क्षमा पूजामा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए । लेखक तथा निर्माता लामिछानेले पशुपति क्षेत्रमा करिब ६५ दिन छायांकनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी क्षमा पूजा गरिएको बताए । मान्छेबाट नचाहँदा नचाहँदै गल्ती हुने भएकाले यदि त्यसो भएको भए कुनै क्षति नहोस् भनेर क्षमा पूजा गर्ने चलन रहेको उनको भनाइ छ ।

चलचित्रमा स्वस्तिमा खड्कासँगै विपीन कार्की, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् । चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ यही दसैँको फूलपातीका दिन रिलिज हुँदै छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।