March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा

मोटी केटीहरुको लागि ‘सुपर प्लस साइज मोडल नेपाल-२०२१’ आयोजना हुँदै

  • साझा परिवेश
  • सोमवार, मंसिर २२, २०७७ 0७:४८
मोटी केटीहरुको लागि ‘सुपर प्लस साइज मोडल नेपाल-२०२१’ आयोजना हुँदै

काठमाडौँ, २२ मंसिर : धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’

सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँदैछ ।

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बताए । अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण दिइने छ । नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपाल आयोजना गर्दै आएको छ । आयोजक राजपुतका भन्छन( ’प्लस साइज ९मोटोपना० का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी दिए । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने पनि आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट मंसिर २१ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए छ ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २२, २०७७ 0७:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट